Purbeli News

साझा पार्टीले इटहरीमा अन्य पार्टीको घोषणा पत्र भन्दा फरक र नौलो पत्र सार्वजानीक

June 14, 2017 मा प्रकाशित |

३१ जेठ, इटहरी/ पुर्वसचिव किशोर थापालाई च’नावमा उठाएर लोकप्रिय मत हासिल गरेपछि उत्साहित बनेको साझा पार्टीले इटहरी उपमहानगरपालिकाको मेयरमा डा. तारा काफ्लेलाई उम्मेदवार बनाएको छ। उपमेयरको टिकट प्रकाशचन्द्र परियारले पाएका छन् । इटहरीको मनशान्त होटलमा साझा पार्टीले पत्रकार सम्मेलन आयोजना गरी उम्मदेवारी सहीत प्रतिवद्धता पत्र सार्वजानीक गरेको छ ।
साझा पार्टीले अन्य पार्टीको घोषणा पत्र भन्दा फरक र नौलो प्रतिवद्धता पत्र पनी सार्वजानिक गरेको छ । घोषणा पत्रमा आफ्नो सोचको रुपमा सफा,सुरक्षित र हराभरा इटहरी बनाउने रहेको उल्लेख गरेको छ । त्यसैगरी साझा पार्टीले इटहरी उपमहानगरपालिकामा आधुनिक ,सुविधा सम्पन्न सम्पन्न इटहरी, सफा ,खुल्ला तथा हरियाली इटहरी, सामाजिक सुरक्षा भए मुक्त संरचना तथा महिला तथा बालबालिका मैत्री इटहरी लगायतका लक्ष्य राखेर प्रतिवद्धता पत्र पनी सार्वजानिक गरेको छ । काफ्ले प्राध्यापन र समाजसेवामा संलग्न छिन् । इटहरी उपमहानगरपालिका वडा नम्बर ५ निवासी ३८ वर्षीया काफ्लेले जनसंख्या तथा जनस्वास्थ्य विषयमा स्नातकोत्तर र सामुदायिक चिकित्सा मा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन् ।
त्यसैगरी यता प्रकाशचन्द्र परियार साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य हुन् । एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका उनले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन् । उनले परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पुरस्कार पनि पाएका छन्।

प्रतिकृया दिनुहोस्
लोड हुँदै अन्य खबरहरू...