इटहरी ।  दोस्रो हिसान स्कुल स्पोट मिट २०८० बुधबार बाट सुरु भएको छ ।

हिसान स्कुल सुनसरीको आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरी दोस्रो हिसान स्कुल स्पोट मिट सुरु भएको हो ।

   हिसान स्कुल स्पोट मिट अन्तरगत उदघाटन कार्यक्रम इटहरीमा रहेको सुषमा सेकेण्डरी स्कुलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सुरु गरिएको छ । राम कालाखेतीको संयोजकत्वमा सुरु भएको हिसान स्कुल स्पोट मिट अन्तरगत बास्केट वल खेल उदघाटन खेलका रुपमा खेलाइयो । WhatsApp Image 2024-01-24 at 16.13.27

आगामी १४ गते सम्म सञ्चालन हुने खेलकुदमा बास्केटवल ,फुटवल ,क्रिकेट , भलिवल , टेवलटेनिस , दौउड , व्याटमिन्टन लगायत समावेश गरिएको हिसान सुनसरीका खेल संयोजक पेशल पोखरेलले जानकारी दिए ।

उदघाटन कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई , हिसान कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष गणेश दुलाल ,सुषमा गोदावरी कलेजका प्राचार्य वोधराज नेपाल लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।