सुनसरी ,चिकित्सक तथा शिक्षकहरुको निरन्तरको आन्दोलनका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शैक्षिक गतिविधिका साथै उपचार सेवा प्रभावित हुदै आएको छ ।  बढुवा प्रक्रिया रोकिएको भन्दै चिकित्सक तथा शिक्षकहरुले दुई महिना अघि देखि लगातार रुपमा गर्दै आएको  आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधिका साथै उपचार सेवा प्रभावित बन्दै आएको हो  ।
   शिक्षक कल्याण समाज तर्फबाट हुँदै आएको आन्दोलनका कारण  प्रतिष्ठानको शैक्षिक गतिविधि र उपचार सेवामा प्रभावित हुन हुदै आएको छ ।विरामी  चेकजाँच गर्नु पर्ने चिकित्सकहरु काम छोडेर निरन्तर आन्दोलनमा होमीदा उपचार सेवा प्रभावित बन्न हुँदैआएकोछ । चिकित्सकहरुको आन्दोलनका कारण कतिपय ा शल्यक्रिया समेत प्रभावित बन्दै आएको छ । उपचारका लागि आएपनि सेवा पाउन छाडेपछि  प्रतिष्ठानमा  उपचारका लागि आउने विरामीको संख्या घटी रहेको छ ।  बढुवा प्रक्रियाको एक सुत्रीय माग राखेर संयुक्त राजीनामा बुझाएर दैनिक काम छोेडेर धर्नामा बसेका शिक्षक तथा चिकित्सकका कारण अन्तरंग तथा बहिरंग विभागमा उपचारका लागि  आएका विरामीसँगै शल्यक्रिया गर्नुपर्ने विरामीहरु समेत  मारमा पर्दै आएका छन् । यसको सम्पूर्ण जिम्मेवारी आन्दोलनरत चिकित्सक र प्रतिष्ठानका पदाधिकारीहरुले लिनुपर्ने उपचारमा आएकाहरुले बताउने गरेका छन् ।
प्रतिष्ठानमा कोशी प्रदेश लगायत भारतबाट समेत विरामी उपचारमा आउनेa गरेका छन् । ७ बर्षदेखि कार्यरत शिक्षक तथा चिकित्सकको बढुवा नहुनु र अहिले विरामीले सास्ती भोग्नु पर्ने मुख्य कारकको रुपमा प्रतिष्ठानका कामु उपकुलपति, अस्पताल निर्देशक, शिक्षाध्यक्ष रहेको आन्दोलनरत शिक्षक तथा चिकित्सकहरुको आरोप रहेको छ  ।
प्रतिष्ठानका कार्यरत १ सय ७७  शिक्षक तथा चिकित्सकले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई सामुहिक राजीनामा दिएर काम छोडेर आन्दोलनमा छन् । प्रतिष्ठानको समस्या समाधानमा सम्बन्धित पक्ष गम्भीर नभएको भन्दै  धरानका स्थानीय राजनीति दलका प्रतिनिधिहरुले चासो देखाउदै आएका छन ।