इटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित   इटहरी इटहरीको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ । इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको नवनिर्मित भवनको उद्घाटन फाल्गुण १६ गते पुर्व प्रधानमन्त्री एवं प्रतिनिधि सभाका विपक्षी दलका नेता खड्ग प्रसाद ओलीले गर्ने कार्यक्रम रहेको थियो ।   

आगामी फाल्गुन १६ गतेका लागि तय भएको भवन समुद्घाटन कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका पुर्वप्रधानमन्त्री ओली इटहरी आउने खबरले अत्यन्त हर्षित एवं उत्साहित हुदाहुदै उक्त कार्यक्रमलाई सभ्य,भव्य,अनुसासित र मर्यादित बनाउन आवश्यक तयारी गर्न समय पर्याप्त नभएकाले नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम स्थगित भएको व्यहोरा इटहरीका मेयर हेमकर्ण पौडेलद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । 

 मुलुकको प्रधानमन्त्री भइसकेको राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली उपस्थिति भएको व्यक्तित्व इटहरी आउनु समग्र इटहरीकै लागि उत्साहको विषय भएको तर कार्यक्रम व्यवस्थापनको आवश्यक तयारी गर्न समय नभएपछी कार्यक्रम न स्थगित भएको इटहरी उपमहानगरपालिकाको दाबी छ ।

428497372_793161749506866_5349491475517822318_n