इटहरी / राईड सेयरिंग सेवा मोटरगाडी प्रदेश न १ सहित एकै पटक पोखरा र बिरगंजमा सुरुहुने भएको छ । भिगोरइन्कर्पोरेसनद्वारा संचालित ‘मोटरगाडी’ यातायात साझेदारी प्रदान गर्ने एप हो जसमा अनलाइन मार्फत सवारीबुक गर्न सकिने छ । पोखरास्थित ‘कप्स कफी बार’ संग सम्झौता पत्रमा हस्ताक्षर गरेको भिगोरइन्कर्पोरेसनका प्रमुख अजय गच्छेदारले बताए । कप्स कफी बारका संचालक निकेश श्रेष्ठका अनुसार पर्यटकिय गन्तव्य एवम बढ्दो सवारी चापका कारण सहज र सुरक्षित यात्राका लागि पोखरामा यो सेवा अत्यन्तै जरुरी रहेकोछ । उनले पोखराका प्रयोगकर्ताका लागि त्यहाँको आवश्यकता अनुसार गुणस्तरीयसेवा प्रदान गर्ने बता
विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ ।बिहीबार नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको स्पेस वृद्धिका साथै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ ।एक ब्लग पोष्टमा गुगलका सीईओ सुन्दर पिचाइले भनेका छन्ः सहकार्यका लागि प्रत्यक्ष रुपमै सँगै हुनु र सामूहिकता निर्माण गर्नु गुगलको मूल संस्कृति हो । यो हाम्रो भविष्यको लागि समेत निकै महत्वपूर्ण हुनेछ । त्यसैले हामीले मुलुकभर आफ्ना कार्यालयहरुमा उल्लेख्य लगानी गर्दैछौँ ।गुगलले
टिकटकको प्रतिस्पर्धीका रुपमा लिइएको छोटो भिडियोहरु तयार गर्ने तथा शेयर गर्ने प्लाटफर्म युट्युब शर्ट अमेरिकामा सुरु भएको छ ।बिहीबारदेखि आगामी केही हप्तासम्म शर्टको बेटा प्रोग्रामलाई अमेरिकामा विस्तार गरिने युट्युबले जनाएको छ ।यसअघि युट्युबको टिकटक भनिने शर्टको भारतमा परीक्षण भएको छ । अहिले विश्वभरकै प्रयोगकर्ताहरुले यो प्लाटफर्मका सामग्रीहरु हेर्न पाउने भएपनि भारत र अमेरिका बाहेकका प्रयोगकर्ताले त्यसमा भिडियो बनाएर पोस्ट गर्न भने सक्दैनन् ।युट्युबका अनुसार प्रयोगकर्ताले शर्टमा आफ्ना मोबाइल फोनबाटै छोटो तथा आकर्षक भिडियोहरु खिच्न सक्दछन् । शर्टमा प्रयोगकर्ताले भिडियो क्लिपहरु आपसमा जोड्न, म्युजि
Copyright © 2015 / 2021 - Saptakoshionline.com - All Rights Reserved.