इटहरी । पुर्व क्षेत्रमा नाम कमाएको पर्यटकीय क्षेत्र तालतलैयाको संरक्षणका लागि स्थापित तालतलैया बिकाश तथा संरक्षण समितिको दशौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुगंको प्रमुख आतिथ्य तथा तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनालको अध्यक्षतामा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष खनालले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संयोजक युगप्रिय निरौलाले प्रस्तुत गरेका थिए ।  कमल राईको संयोजकत्वमा भएको वार्षिक साधारण सभामा इटहरी उपमहानगरपालिका वडा नम्बर २का वडाध्यक्ष ा माधव कोईराला  वडा नम्बर ३का वडाध्यक्ष उमेश सुवेदी होटल ब्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष रविन गौतम लगायतको सहभागिता रहेको थियो । 

ईटहरी २ र ३ मा अबस्थित तालतलैयामा आर्कषक प्रवेशद्धार बुढासुब्बा मन्दिर, फलामको आकाशे पुल,आर्कषक पोखरीहरु,जेटबोट,घुमाउने पोखरी,नागबेली पोखरी,ठुलो टयाङग्रा पोखरी,३३ वटा बिभिन्न देशका मुर्तिकारहरुले निर्माण गरेको ढुंगाको मुर्ति,बालउद्यान,घोडचढी,प्राकृतिक सुन्दरता र जैविक बिबिधता यहाँका मुख्य आर्कषण रहेका छन  ।

WhatsApp Image 2023-10-08 at 17.19.16