सुनसरी,निजी विद्यालयलाई टक्कर दिने सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाका लागि विद्यार्थीको लर्को लागेको छ । यस विद्यालयको भौतिक संरचना र गुणस्तरीय शिक्षाका कारण निजी विद्यालय छाडेर समेत विद्यार्थी आएका हुन् । विद्यार्थीको बढी चापका कारण कक्षा २ देखि ९ सम्म प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्न थालेको इटहरी स्थित जनता माविमा विद्यार्थीको आकर्षण देखिएको छ ।

Sequence 06.00_21_59_01.Still006विद्यालयमा यस वर्ष कक्षा २ देखी ९ सम्म  २४० जना नयाँ विद्यार्थीका लागी भर्ना खोलेता पनी १३९१ जना प्रवेश परिक्षामा सहभागी भएका छन ।  गत वर्ष देखी जनता माध्यमिक विद्यालयमा विद्यार्थी बढ्दै गएपछी प्रवेश परिक्षा गरायरै पतिस्पर्धा बाट विद्यार्थी छनौट गरिदै आएको छ ।  सामुदायिक विद्यालयको राम्रो पढाइ देखेर निजीबाट निकालेर सामुदायीक विद्यालयक ल्याउने अभिभावक धेरै छन् । अझ इटहरीका जनप्रतिनिधी , कर्मचारी र शिक्षकहरु पनी यहि विद्यालयमा आफ्ना छोराछोरी पढाउन तयार भएका छन । दुष्यमा देखीएका यो १ हजार भन्दा वढी को भिड अभिभावकको हो आफ्ना सन्तान लाई सामुदायीक विद्यालयमा भर्ना गराउन आफै उपस्थीत भएका छन । Sequence 06.00_20_07_22.Still005

विद्यालय सुधार गर्न न्युन  शुल्क उठाउँदा पनि अभिभावक खुसी नै छन् । ‘थोरै पैसा तिरेर राम्रो र स्तरीय शिक्षा दिलाउने चाहना भएको जनता मा वि मा आफ्नो छोरीछोरी पढाइरहेका अभिभावहरु बताउँछन् । जनता माध्यमिक विद्यालयमा राम्रो सिकाइ वातावरणका लागि घोकाएर भन्दा पनि बुझाएर सिकाइने गरिन्छ । बसको सुविधा र डिजिटल बोर्डसहितको स्मार्ट कक्षा कोठाको व्यवस्थालाई विद्यालयले विशेष जोड दिएको छ । जसको कारण  अविभावकहरुको सन्तुष्टि, विद्यालयको व्यवस्थापकीय क्षमता र व्यवस्थापन समितिको दूरगामी महत्वको योजनाका कारण यस विद्यालय नमुनाको रुपमा स्थापीत भएको छ ।

Sequence 06.00_06_57_29.Still001 अनुभवी शिक्षक र नयाँ प्रविधिलाई अनुसरण गर्दा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल बताउछन ।  बोर्डिङ स्कुलहरु भन्दा राम्रो पढाई हुने भए पछि यो स्कुलमा अहिले बोर्डिङमा पढ्ने विद्यार्थीहरु भीडभाड हुन थालेको छ । सुबिधा सम्पन्न स्कुल सँगै गुणस्तरीय पढाइले जनता माबिमा विद्यार्थीको क्रेज बड्दो छ ।

यो विद्यालय सुधारिएको सामुदायिक विद्यालय हो । जसले ‘सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन’ भन्ने मान्यतामाथि नै व्यंग्य गरिरहेको छ । सकारात्मक पहलकदमी भए शैक्षिकस्तर र पूर्वाधारका हिसाबले पछाडि परेका सरकारी विद्यालय समेत सुधार हुन सक्छन् भन्ने ज्वलन्त उदाहरणको विद्यालय हो ।