इटहरी । सुनसरीको इटहरीमा रहेको पाथिभरा सेकेण्डरी स्कुलले एक कार्यक्रमको आयोजना वार्षिक स्पोट मिटमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । 

   विद्यालय सञ्चालक समितिका अध्यक्ष निर्मल रिजालको प्रमुख आथित्य तथा विद्यालयका प्रधानाध्यापक डा.गोपाल श्रेष्ठको अध्यक्षतामा स्पोट मिटका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

  पुरस्कार वितरण कार्यक्रममा विद्यालयमा अध्ययनरत प्ले गु्रप देखि कक्षा १० सम्मका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो ।WhatsApp Image 2024-02-07 at 16.24.13 (1)

विद्यार्थीहरु विच स्पोट मिट अन्तरगत दौउड , फुटवल , व्याटमिन्टन लगायतका खेलकुदमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । सो अवसरमा विद्यार्थीहरुमा निहित क्षमता प्रस्फुटन गराउने उद्धेश्यले अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरिएको जनाइयो । विद्यालयका अध्यक्ष रिजालले विद्यार्थीहरुलाई शारिरिक तथा मानसिक विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपुर्ण हुने तर्फ मध्यनजर गर्दै समयसमयमा विभिन्न किसिमका अतिरिक्त क्रियाकपाल गराउदै आएको जानकारी दिए । पाथिभरा सेकेण्डरी स्कुलमा प्ले ग्रुप देखि कक्षा १० सम्म ८ सय वढी विद्यार्थीहरु अध्ययनरत रहेका छन ।