सुनसरी ।  इटहरी उपमहानगरपालिका वडा नं  २ शान्तिनगरमा रहेको शान्तिनगर इङ्ग्लिस स्कुलले पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल भएको छ । वि.सं २०६३ सालमा स्थापना भएता पनि गत वर्षदेखि नयाँ व्यवस्थापनका साथ भौतिक पूर्वाधारका साथसाथै  संस्कारसहितको गुणास्तरीय शिक्षा प्रदान गर्न थालेपछि धेरैको मन जिल्न सकेको हो ।IMG-20240420-WA0005

परियोजनात्मक कार्य, आवश्यकताअनुसार अवलोकन भ्रमणका माध्यमबाट सिकाइलाई निरन्तरता , व्यवहारिक ज्ञानमा जोड दिने पद्धतिका कारणले नै यस शिक्षालयले धेरैलाई आकर्षित गरेको भन्नुहुन्छ शैक्षिक निर्देशक उत्तम पौडेल ।IMG-20240420-WA0004

भिन्न परिवेश, फरक ज्ञान र क्षमता भएका विद्यार्थीको विशेषतालाई मध्यनजर गर्दै सोही अनुसार सक्षम र सिपालु बनाउने कार्यमा हरेक शिक्षक शिक्षिका लाग्नुभएकाले आगामी दिनमा झनै यो  विद्यालय धेरैका रोजाइमा पर्ने कुरामा ढुक्क रहेको बताउँछन् निर्देशक उत्तम पौडेल । IMG-20240420-WA0009


प्रिप्राइमरी  र प्राइमरी कक्षाका लागि छुट्टै व्लग, शान्त वातावरण ,सिकाइमा प्रविधिको माध्यममा जोड, आवागमनलाई सजिलो बनाउन बसको व्यवस्था, नियमित अतिरिक्त क्रियाकलापको प्रबन्ध,  नियमित स्वास्थ्य जाँच जस्ता कार्यले विद्यार्थी पढाइमा रुचिपूर्वक लाग्ने गरेका छन् । लगानीकर्ता नै विद्यालयका शिक्षक पनि रहेकाले कसरी विद्यालयलाई उचाइमा लान सकिन्छ, विद्यार्थीको सर्वाङ्गीण विकासमा बल पुग्छ  भनेर निरन्तर चिन्तन र नयाँ प्रयोग गर्ने गरिएको बताउँछन्  शिक्षक बाबुराम खड्का । सामुहिक र संगठित कार्य नै सफलताको कडी हो भन्ने मूल मन्त्रलाई आत्मासाथ गरी विद्यार्थीको रुचि, क्षमता र आवश्यकताअनुसार पठनपाठनमा लागेकोले विद्यार्थीमा खासै समस्या नआउने र यदाकदा आएमा मनोबैज्ञानिक ढंगले समाधान गर्ने भन्दै अवको दुई  वर्षमा त्यस क्षेत्रकै अव्वल विद्यालय बनाउने कार्यमा लागेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर न्यौपाने बताउँछन् । यो शैक्षिक सत्र मूलतः गुणात्मक शिक्षामा जोड दिएर इतिहास रच्दै क्रमश ः भौतिक रुपमा हामी परिमार्जनका साथ अघि बढ्ने संकल्प रहेको भन्दै सम्पूर्ण अभिभावकलाई  विश्वास गरिदिन आग्रह गर्छन् अध्यक्ष बमबहादुर ।