इटहरी- इटहरी स्थित बेदान्त हस्पिटलमा इटहरी क्षेत्रकै उत्कृष्ट अर्थोपेडिक सर्जन डा.रोबिन श्रेष्ठ र डा.धिरज सिंह को सेवा पाइने भएको छ । इटहरी बेदान्त हस्पिटलमा पछिल्लो समय हाडजार्नी रोगको सफल उपचार हुँदै आएको छ । बेदान्तमा दैनिक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ दारा सिएम मेशिन प्रविधिबाट भाँचिएको हड्डीहरूमा स्टिल वा के वार राखी अप्रेशन गरिँदै आएको छ । हाल ट्रमा, स्पाईन हाडजोर्नीमा लाग्ने क्यान्सर, स्पोर्ट्स ईन्जुरी लगायत बिभिन्न विधाको विकास भइसकेकाले शरीरमा हाडजोर्नी जन्मजात हुने समस्या समेत समाधान हुने हस्पिटलले जनाएको छ । विगतमा हाडजोर्नी को समस्या लिएर धरान विराटनगर धाउनुपर्ने बाध्यता अव बेदान्तको सेवा सँगै हटेको छ ।

हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठका अनुसार हाडजोर्नी सम्बन्धी मेजर तथा माइनर अप्रेसन  गरिनुका साथै ढाड् दुख्ने ,घाँटी दुख्ने,जोर्नी दुख्ने, बाथरोग, युरिक एसिड,हातखुट्टा  झम्झमाउने र हात, खुट्टा,मेरुदण्ड भाच्चिएको ठाउमा सिआर्म मेसिनको सहायताबाट जटिल प्रकृतिका हाडजोर्नी सम्बन्धी शल्यक्रिया , नेलिङ्ग प्लेटिङग,वा के–वायर राखी अप्रेशन गरिनुका साथै मेरुदण्ड को पनि उपचार गरिदै आएको छ ।

 सि–आर्म एक प्रकारको एक्स–रे मेशिन हो । बिरामीको शल्यक्रियाका क्रममा स्कुप, प्लेट तथा पाता हाल्दा सि–आर्म मेशिनको सहयोगले हालिन्छ । सामान्य किसिमको शल्यक्रिया सि–आर्म बिनै गर्न सकिए पनि जटिल किसिमको शल्यक्रिया सिआर्म मेशिन बिना गर्दा त्रुटी हुनसक्ने चिकित्सक बताउँछन् ।  श्रेष्ठका अनुसारअनुसार धरान र विराटनगरका हुने यस किसीमका अप्रेसनको सेवा अब बेदान्तमा लिन पाइने भएपछी  हाडजोर्नी सम्बन्धी महङ्गो खर्च तिरेर बाहिर उपचार गर्न जानुपर्ने बाध्यता हट्ने उनले बताए । 

WhatsApp Image 2024-03-18 at 06.47.20_be5a1e65

अस्पतालले आर्थिक मन्दीको कारणले गर्दा लामो समय देखि २४सै घण्टा एम.बि.बि.एस. डाक्टर बाट  चेकअपमा रु.१०० मात्र र सुगर जाँच खालीपेट र खानापछी रु.२५ मात्र  लिने गरेको अस्पतालका प्रवन्धक निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

  बेदान्तमा फेमिली फिजिसियन, मुटु तथा प्रेसर रोग, स्त्री तथा प्रसुति रोग, बाल तथा नवजात शिशु रोग, नाक कान तथा घाँटी रोग, जनेरल सर्जन लगायतका विभिन्न रोगको उपचार गरिदैँ आएको छ । इटहरी ४ टेङ्ग्रा खोला पूर्वमा रहेको बेदान्त हस्पिटलले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै २४ घण्टै सेवा प्रदान गर्दै आएको छ ।