इटहरी । इटहरीका निजीविद्यालयहरूले वर्गीकरण अनुसार शुल्कलिएपनि सो अनुसार सुविधाभने नदिने गरेको पाइएको छ । 

निजीविद्यालयहरूले वर्गीकरण अनुसारको शुल्क लिएपछि सो अनुसारको सुविधा विद्यार्थीहरूलाई दिनुपर्ने नियम छ ।  

तर निजी विद्यालयहरूले वर्गीकरण अनुसार विद्यार्थीहरूसँग विभिन्न शुल्कलिने तर दिनुपर्ने भनीतोकिएका सुविधाभने नदिने गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

निजीविद्यालयहरूको अनुगमनकाक्रममा यस्तो तथ्यभेटिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

  इटहरीका विद्यालयहरू कुन स्तरमा छन् ? के कस्ता सेवा सुविधाहरू उपलब्ध गराइरहेका छन् । शैक्षिक गुणस्तर कस्तो छ ?भन्ने विषयको अध्ययन गर्न उपमहानगरको शिक्षा,युवातथा खेलकुदमहाशाखाले अनुगमन सुरु गरेको महाशाखाप्रमुख द्रोण दाहालले जानकारी दिए । 

विद्यालयहरूको अनुगमन गरी यर्थाथ अवस्थाको मूल्याङ्कन गरी वर्गीकरण गर्ने र सोहीआधारमा शुल्कनिर्धारण गर्ने पनिशिक्षामहाशाखाप्रमुखदाहालले बताए ।

तर अहिले प्रारम्भिक अनुगमनकै आधारमा सुविधादिएका छैनन् भनेर भन्ननहुने निजीविद्यालयहरूको छाता सङ्गठन प्याब्सनकानगर अध्यक्ष पुण्यप्रसाद सापकोटाले बताए । पूर्ण विवरण र रिपोर्ट आए पछि मात्रै यकिन साथभन्न सकिने सापकोटाले बताए । 

उनले भने,‘ २०७६ सालमाहतार हतारमा वर्गीकरण गरिएको थियो, त्यसपछि वर्गीकरण गरिएको छैन, यो अवधिकाकतिपयविद्यालयहरूको क्षमता बढेको पनिहोलाकतिको घटेको पनिहोलात्यो भने अनुगमननगरी कसरी थाहा हुन्छ । अनुगमनगर्दा मापदण्ड पुरा गर्न नसक्ने तलझर्न पनि सक्छन् ।’

 यस अघि २०७६ सालमानिजीविद्यालयको वर्गीकरण गरिएको थियो । इटहरीमा क, ख, ग,घ गरी ४ वर्गमा विद्यालयको वर्गीकरण गरिएको थियो । सोहीवर्गीकरणलाई आधार मान्दै विद्यालयहरूले शुल्कलिँदै आएकाथिए । 

कोभिड १९ को सङ्क्रमणले विद्यालयको पढाइमा समस्या भएपछि वर्गीकरण अद्यावधिकहुन सकेको थिएन । 

तर आगामीशैक्षिक २०८१ मा भने विद्यालयको नयाँवर्गीकरण गर्ने उपमहानगरको योजना छ । सोहीआधारमा शुल्कनिर्धारण गर्ने इटहरीले जनाएको छ । 

पछिल्ला केहीदिन देखीअनुगमनलाई तीव्रतादिएको शिक्षामहाशाखाले हाल सम्म ५५ विद्यालयको अनुगमन सकिएको प्रमुखदाहालले जानकारी दिए ।

अहिले दैनिक रूपमाअनुगमनभइरहेको उनले जानकारी दिए । बाँकीविद्यालयको पनि चाँडै अनुगमन सक्ने दाहालले बताए । 

२०७६ सालको वर्गीकरण अनुसार उपमहानगरपालिकामा ‘क’वर्गमा १४, ‘ख’वर्गमा ४७, ‘ग’वर्गका २१ र ‘घ’ वर्गका २ विद्यालय छन् । २०७६ साल पछि स्थापनाभएका र वर्गीकरणमा छुटेका ५० विद्यालय छन् । कुल १३४ निजीविद्यालय इटहरीमा सञ्चालनमा छन् ।

आगामीशैक्षिक सत्र २०८१ मा स्तर वृद्धिका लागि ३३ विद्यालयले प्रस्ताव पेस गरेका छन् । कक्षाथपकालागि १९ विद्यालयले प्रस्ताव पेस गरेका छन् भने ४ नयाँविद्यालयले दर्ताका लागिआवेदनदिएका छन् । यीविद्यालयहरूको पनिअहिले अनुगमनभइरहेको शिक्षामहाशाखाले जनाएको छ । 

विद्यालयले आफै तोक्छन् श्रेणी आफै लिन्छन् शुल्क

निजीविद्यालयहरूले आफ्नो विद्यालयको वर्गीकरण र लिइने शुल्कआफै तोक्छन् । विद्यालयवर्गीकरण फारम अनुसार आफ्नो विद्यालयकालागिआफैले अङ्कदिई आफै वर्गीकरण गर्छन् । सोहीआधारमानगर शिक्षा समिति रउपमहानगरपालिकाले पनिअनुमोदनगर्दै आएको थियो । त्यसैकाआधारमा शुल्कलिँदै आएकाथिए । 

शैक्षिक सत्र २०८०का लागिउपमहानगरले शुल्क स्वीकृत गरेको छ । 

वर्गीकरण अनुसार ‘क’श्रेणीका विद्यालयहरूले नर्सरीको अधिकतम २५ सय, कक्षा १० सम्मको अधिकतम ५०००।रुपैयाँलिनपाइने तोकिएको छ । 

यस्तै ‘ख’श्रेणीका विद्यालयहरूले नर्सरीको अधिकतम रु १८५० र कक्षा १० सम्मको अधिकतम ३७५०।रुपैयाँलिन पाउँछन् । 

‘ग’श्रेणीका विद्यालयहरूले नर्सरीको अधिकतम रु १२५०। र कक्षा १० सम्मको अधिकतम २५००।रुपैयाँलिन पाउँछन् । विद्यालयहरूले यसरी शुल्कलिइरहे पनिदिनुपर्ने सेवा सुविधा, पूर्वाधार भने सो अनुसार नभएको पाइएको छ । 

पछिल्लो पटक विद्यालयहरूको अनुगमनगर्दा श्रेणी अनुसार प्रदान गर्नुपर्ने सेवा सुविधा उपलब्धन भएको तथ्यले पनि यो कुरालाई पुष्टि गरेको छ ।

कसरी हुन्छ विद्यालयको वर्गीकरण 

निजीविद्यालयहरूले संस्थागत विद्यालय स्तरीकरण फारम भरी उपमहानगरलाई बुझाएका हुन्छन् । यो फारममा विभिन्न६९ बुँदाका सूचक छन् ।  विषयगतक्षेत्र र त्यसका उप विषयहरू रहेको ६९ बुँदामाअङ्कनिर्धारण गरिएको हुन्छ । 

कक्षाकोठाको उपयुक्तता, अवस्था, हावा खेल्न सक्ने अवस्था, डेस्क बेन्चको पर्याप्तता, शौचालय, खानेपानी, पुस्तकालयव्यवस्थापन, कम्पाउन्डवालको व्यवस्था, कक्षा शिक्षकअनुपात, प्रयोगशाला, प्राथमिकउपचार जस्ता आधारभूत सूचकहरू छन् ।  

यस्तै,छात्र बासको व्यवस्था, छात्रवृत्ति वितरणको प्रभाव,प्रदर्शन पाटीको व्यवस्था,बालमैत्रीवातावरण तथा दण्डरहितशिक्षाको व्यवस्था, शिक्षण सिकाई, मल्टिमिडियाको प्रयोग,विद्यालयको आम्दानीखर्चको अवस्था लगायतका विभिन्न सूचकहरू राखिएका छन् । 

कुल २०० पूर्णाङ्कको यो फारममा विद्यालयले आफ्नो स्वमूल्याङ्कन गरी आफै अङ्क दिन्छन् र उपमहानगरमा बुझाउँछन् । 

उपमहानगरका शिक्षा शाखाका कर्मचारीले स्थलअनुगमन गरी शुल्क अनुगमन तथा विद्यालय वर्गीकरण समितिमा रिपोर्ट बुझाउँछन् । सो समितिबाट गरिने मूल्याङ्कनको तुलना गरिन्छ ।  

यसरी प्राप्तभएको प्राप्ताङ्क ८० प्रतिशतभन्दामाथिभए‘क’श्रेणी, प्राप्ताङ्क ६० देखी७९.९ प्रतिशत सम्म भए‘ख’श्रेणी, प्राप्ताङ्क ४० देखी ५९.९ प्रतिशत सम्म भए‘ग’श्रेणी र अन्त्यमाप्राप्ताङ्क ४० प्रतिशतभन्दाकमभए‘घ’श्रेणीमा रहनेछन् । 

विद्यालयआफैले दिएको अङ्क र मूल्याङ्कन समितिले दिएको अङ्कको तुलना गरी प्राप्तअङ्क बाट विद्यालयकुनवर्गमा रहने छुट्याईन्छ । 


लिने शुल्क नोटिस बोर्डमा टाँस्नुपर्छ 

विद्यालयले लिने शुल्कनोटिस बोर्डमा सार्वजनिक गर्नुपर्छ । निजी विद्यायहरुमा शुल्क कति तिर्ने हो,अभिभावकआफै अन्योलमा परेका हुन्छन् । विद्यालयहरूले लिने शुल्कअपारदर्शी रहेको गुनासो अभिभावकहरू नै गर्छन् । 

तर निजी विद्यालयहरूले लिने शुल्क सार्वजनिक स्थानमा सबैले देख्ने गरी नोटिस बोर्डमा राख्नुपर्ने नियम छ । तर यो नियमप्रायविद्यालयहरूले पालना गरेको देखिँदैन । 

कति र कुनकुन शीर्षकमा शुल्क लिएको हो त्यो पनि स्पष्ट हुँदैन । विभिन्नशीर्षकमाशुल्कलिने गरेको अभिभावकको गुनासो छ । 

निजी विद्यालयहरूले १४ शीर्षकमा मात्र शुल्क लिनपाइने उपमहानगले जनाएको छ । तर उपमहानगरको भनाई रनिजीविद्यालयहरूले लिई रहेका शुल्कमाएकरूपमा देखिँदैन । 

मासिकशुल्क, वार्षिक शुल्क, भर्ना शुल्क परीक्षा शुल्क, कम्प्युटर शुल्क, आवास, भोजन, परिवहन,शैक्षिक भ्रमण, शैक्षिक सामाग्री, विशेष प्रशिक्षण शुल्क लगायतका १४ शीर्षकमा शुल्क लिनपाइने नियम छ । 

आगामी शैक्षिक सत्रका लागि नयाँशुल्कनिर्धारण गरिने उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख द्रोण दाहालले बताए । 

संस्थागतविद्यालयशुल्कनिर्धारण मापदण्ड निर्देशिका २०७२ अनुसार शुल्कनिर्धारण गरिने प्रमुखदाहालले जानकारी दिए । निर्देशिका र विद्यालयको वर्गीकरणलाई आधार मानेर नगर शिक्षा समितिले शुल्कनिर्धारण गर्ने उनले जानकारी दिए । 

शुल्कनिर्धारणलाई थपव्यवस्थितबनाउन इटहरी उपमहानगरको नगर शिक्षा समितिअन्तर्गत एक उपसमितिनिर्माण गरेको छ । 

शैक्षिक सत्र २०८१ मा संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न, कक्षाथप गर्न, नयाँविद्यालय सञ्चालन, विद्यालय स्थानान्तरण तथाविद्यालय स्तरीकरण सम्बन्धीकार्य गर्न वडा अध्यक्ष उमेश सुवेदी संयोजक रहेको उपसमितिनिर्माण गरिएको छ ।

८ सदस्य रहेको समितिको सदस्यहरूमा वासुदेव कर्ण, तारा फुयाँल,पुण्य प्रसाद सापकोटा, पुष्पअधिकारी, सन्तोष कार्की, द्रोण दाहाल र सदस्य सचिवमा तीर्थराज गौतम रहेका छन् ।

समिति सदस्य पुण्यप्रसाद सापकोटा निजीविद्यालयहरूको छाता सङ्गठन प्याब्सनकानगर अध्यक्षहुन । 

उल्लेखित समितिले आवश्यकअध्ययन अनुसन्धान र मूल्याङ्कन गरी विद्यालयको वर्गीकरण, संस्थागतविद्यालयशुल्कनिर्धारण मापदण्ड निर्देशिकाकाआधारमा शुल्कनिर्धारण हुने शिक्षामहाशाखाकाप्रमुख द्रोण दाहालले जानकारी दिए ।अघिल्ला शैक्षिक सत्रको तुलनामा यस पटक व्यवस्थित गर्ने शिक्षामहाशाखाका प्रमुख दाहालले दाबी गरे ।