इटहरी ।  असहाय ,असक्त र अलपत्र अवस्थामा फेला परेका माताहरुलाई संरक्षण गर्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर १६मा रहेको रामजानकी शान्ति वृद्धाश्रम व्यवस्थापन समितिको १०औं साधारण सभा सुरु भएको छ ।

     नयाँ नेतृत्व समेत चयन गर्ने १०औं बार्षिक साधारण सभाको कोशी प्रदेशकी प्रदेश सभा सदस्य मीना श्रेष्ठले एक कार्यक्रमका विच उदघाटन गरेकी हुन ।

  रामजानकी शान्ति वृद्धाश्रमका अध्यक्ष विष्णु वहादुर डाँगीको अध्यक्षतामा भएको खुल्ला सत्रमा प्रस्तुत अध्यक्षको प्रतिवेदनमा आश्रम सञ्चालनमा समाजसेवी , संघसंस्था, व्यापारी ,उद्योगपति र मनकारी नागरिकहरुको सहयोगले ठुलो भरथेग हुदै आएको उल्लेख गरिएको छ ।WhatsApp Image 2023-11-11 at 17.53.46

  २०५६सालमा स्थापना गरिएको आश्रममा आश्रीत माताहरुलाई लक्षित गरि समयसमयमा स्वास्थ्य परिक्षण औषधी उपचार , चाडपर्व केन्द्रित उत्सव , खाना कपडा वितरण , तातो चिसो पानीको व्यवस्था लगायत आश्रमको सुरक्षालाई लक्षित गरी सिसी क्यामरा जडान गरिएछ । आश्रमको मुद्धती खातामा १५लाख पुर्याएको समेत साधारणसभामा जानकारी गराइयो ।WhatsApp Image 2023-11-11 at 17.53.47

उदघाटन कार्यक्रममा जीबिका कृषि सहकारी संस्थाका व्यवस्थापक शिवकुमार डाँगी , नेपाल आयुर्वेद औषधि व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष जीपी तिवारी , रामधुनी नगरपालिका पुर्व नगरप्रमुख जयप्रकास चौधरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । दशैं वार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गरी समापन हुने छ ।