इटहरी / इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भोलि देखि सुरु हुने एसईई परीक्षा व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । इटहरीमा यो बर्ष परिक्षालाई थप व्यवस्थित बनाउन मेयर पौडेलले निर्देशन दिएका हुन ।

एसईई परीक्षा तयारीका सन्र्दभमा भएको छलफलमा मेयर पौडेलले विधार्थीहरुलाई चोराएर चोरेर गुणस्तर कायम नहुने भन्दै कडाइ गर्ने निर्देशन दिएका हुन । इटहरी क्षेत्रका केन्द्राअध्यक्षहरु बोलाएर उपमहानगरका प्रमुख पौडेलले परिक्षा मर्यादित बनाउन निर्देशन दिए ।

सो क्रममा परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै चोरेर गुणस्तर कायम हुन नसक्ने  वताए । परिक्षालाई आफुहरुले दैनिक अनुगमन गर्ने मेयर पौडेलको भनाई थियो । इटहरीमा १२ वटा परिक्षा केन्द्र तोकिएका छन भने इटहरीमा   ३५५६ जना विधार्थीले परिक्षा दिदै छन । 

 छलफल कार्यक्रममा इटहरीकी उपप्रमुख संगिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता , शिक्षा तथा खेलकुद शाखाका प्रमुख दोर्ण दाहाल लगायतको उपस्थित रहेको थियो ।