इटहरी । नागेश्वर शिव पञ्चायन मन्दिर इटहरीमा भौतिक निर्माण साथै अक्षयकोष स्थापनार्थ सहयोगार्थ श्रीमद्भागवत सप्ताह धान्यञ्चल महापुराण भोली देखि सञ्चालन हुने भएको छ ।

  इटहरी उपमहानगरपालिका वडा नम्बर १ नमुना टोलमा रहेको महायज्ञ सञ्चालनका लागि समिति वनाएर  नागेश्वर शिव पञ्चायन मन्दिरमा महापुराण सञ्चालनको तयारी पुरा भएको हो ।vlcsnap-2024-04-16-18h27m22s123

  वैदिक सनातन धर्म संस्कार संस्कृतिको संरक्षणका साथै समस्त ज्ञातअज्ञात पितृहरुको उद्धारका लागि श्रीमद्‌भागवत सप्ताह धान्याञ्चल  महायज्ञ सञ्चालन गरिने आयोजकहरुले जनाएका छन ।  यही बैशाख  १३ गते सम्म सञ्चालन हुने पुराणमा  खगेन्द्र प्रसाद अधिकारीले संगीतमय कथा वाचन साथै ईन्द्र प्रसाद अधिकारीले पाठपारायण हवन होमादी गर्ने साथै भजन किर्तत र  देवलिलामा आधारित झाँकीहरु समेत प्रस्तुत गरिने छ ।