इटहरी /  शिक्षा सम्बन्धी इटहरी उपमहानरपालिकाले गरेको लोकप्रिय निर्णय बिरुद्द इटहरीकी उपमेयर संगिता चौधरी आफ्नो निजी स्कुल जोगाउन निजी स्कुल सँग सेटिङमा लागेकी छिन । आफैले गरेको निर्णय बिरुद्द उपमेयर सहित शिक्षा समितिका सदस्यहरु अहिले आफ्नै निर्णय बिरुद्द बिरोधमा उत्रिएका छन ।  

   निजी स्कुलहरुले बार्षिक रुपमा लिने फि र एउटै पोसाक लगाउने निर्णय गरेको थियो । स्कुलहरु किताव देखि जुत्ता मोजा सम्म बेचेको भन्दै त्यो हुन नदिने मेयर हेमकर्ण पौडेलले अडान लिए पछि उपमेयर सहितका वडा अध्यक्ष हरुलाई भेला गरेर निजी स्कुलहरुको पक्षमा बोलेका हुन ।   

इटहरीका निजी स्कुलहरुमा मनपरि शुल्क लिने गरेको भन्दै इटहरीले नियमन गर्न लागेको थियो । तर निजी स्कुलकै पक्षमा एमाले जनप्रतिनिधिहरु आफ्नै सरकारको बिरोधमा उत्रिका छन । निजी स्कुल सन्चालकहरुले उपमेयरको बलमा उपमहानगरले मागेको कागजपत्र समेत बुझाएका छैनन ।