हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आजदेखि देशका १२ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गरिँदैछ । हात्तीपाइलेका बिरामीहरु देखिएका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा आजदेखि औषधि वितरण गर्न लागिएको हो । पालिकाहरूमा आफूलाई पायक पर्ने स्वास्थ्य संस्था बुथबाट औषधि निःशुल्क लिन सकिन्छ । तर, दुई बर्षमुनिका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरूले भने यो औषधि सेवन नगर्न चिकित्सकहरूको सुझाव छ । यस्तै, यो औषधि खाली पेटमा नखान, खाइसकेपछि हुने सामान्य ज्वरो, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, हल्का पेट दुख्नेजस्ता लक्षणल
काठमाडौँ / केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ ।‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ ।’विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् । विभागका अनुसार शनिबारको तुलनामा आइतबार
पछिल्लो २४ घण्टामा (सोमबार) १४१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर संख्यामा संक्रमित थपिएका छन् । आइतबार ८९ जनामा संक्रमण पुष्टि भएकामा सोमबार बढेर १४१ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार १२२ जनाको परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो भने निको हुनेको संख्या ८२ जना रहेको छ । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको छ । यस्तै हालसम्म ३ हजार २७ जनाको मृत्यु हुँदा अहिले पनि १३४१ जना आइसोलेशन
पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरेना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मंगलबार ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेकपा एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्षमा जगतबहादुर विश्वकर्मा चयन भएका छन् । पूर्व युवा तथा खेलकुदमन्त्री विश्वकर्मा कास्कीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।अध्यक्ष विश्वकर्माले मंगलबार पदभार ग्रहण गरेका छन् । प्रदेश कार्यालय नयाँबजारमा भएको कार्यक्रममा विश्वकर्मालाई पार्टी सचिव गोविन्द नेपालीले पदभार ग्रहण गराएका हुन् ।पदभार ग्रहणपछि प्रदेश अध्यक्ष विश्वकर्माले नेपाली कम्युनिष्ट आन्दोलन चुनौतीको मोडमा आएकाले त्यसलाई सुदृढ गर्दै अगाडि बढाउन जरुरी रहेको बताए । ‘नेकपा एमालेलाई एकताबद्धरूपमा अघि लैजान जरुरी छ’, उनले भने ।
सरकारले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि सुरु गरेको खोप अभियान प्रभावित भएको छ।सरकारले खरिद गरेको खोप तथा कोभ्याक्स फ्यासिलिटी मार्फत आउने भनेको खोपहरु समयमा आपूर्ति नहुँदा नेपालमा खोप अभियान प्रभावित हुन पुगेको हो।स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भिम सिंह तिङ्करीले चैत ४ गतेदेखि ५५ वर्षदेखि ६४ वर्षसम्मका लागि सुरु गर्ने भनिएको खोप अभियान स्थगित हुने अवस्था आएको जानकारी दिए।सरकारले खोप ल्याउन पहल गरिरहेपनि समयमा खोप नआउने संकेत देखिएको भन्दै खोप अभियान प्रभावित भएको उनले बताए।‘दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिकालाई पनि राखिएको छ,’ डा तिङ्करीले भने, ‘तर, खोप आयात नभएकाल
कोभिड १९ महामारीका कारण नेपाल सहित दक्षिण एसियामा मातृ तथा बाल मृत्युदरमा वृद्धि भएको छ। संयुक्त राष्ट्रसंघको हालै जारी गरिएको रिपोर्टमा कोभिड महामारीले स्वास्थ्य सेवामा पुर्याएको अवरोधका कारण नेपालसहित दक्षिण एसियाली देशमा २ लाख ३९ हजार मातृ तथा बालमृत्यु भएको उल्लेख छ।यी ६ राष्ट्रमा पाँच वर्ष मुनिका २ लाख २८ हजार बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्र संघको अनुमान छ। अत्यावश्यक स्वास्थ्य सेवामा परेको प्रभाव, पोषणदेखि खोप अभियान रोकिनुलाई संयुक्त राष्ट्रसंघले बाल मृत्युदरको कारण मानेको छ।यो रिपोर्ट अफगानिस्तान, नेपाल, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकामा केन्द्रित छ। कोभिड महाम
विश्व बैंकले कोरोना खोप र महामारीको प्रतिकार्यका लागि नेपाललाई साढे ७ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता प्रदान गर्ने भएको छ।विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको बैंकले जनाएको छ। नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी खोपहरुको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको हो।यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाइ जनसंख्यामा खोप पुर्याउन सक्ने विश्व बैंकले उल्लेख गरेको छ। ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्त्वकांक्षी योजनालाई सघा
‘म ठूलो भएपछि नर्स बनेर बिरामीको सेवा गर्छु,’ भक्तपुरकी भुवनेश्वरी कर्माचार्यले कक्षा ८ मा पढ्दा नै नर्स बन्ने सपना बुनेकी थिइन्। आफूभन्दा सिनियर दिदीहरु नर्स बनेको देखेर उनमा पनि नर्स बनेर बिरामीको हेरचाह गर्ने इच्छा जागेको थियो।उनको सपनामा परिवारले पनि साथ दिए। २०५३ सालमा एसएलसी पास भएपछि भुवनेश्वरीले नर्सिङ अध्ययनका लागि महाराजगञ्ज नर्सिङ क्याम्पसमा इन्ट्रान्स परीक्षा दिइन्। नाम पनि निस्कियो। २०५४ सालमा महाराजगञ्ज नर्सिङ क्याम्पसमा पिसिएल नर्सिङ अध्ययन सुरु गरेकी उनले २०५७ सालमा पूरा गरिन्। पढाइ पूरा गरेपछि उनले ह्याम्स अस्पतालमा नर्सिङ स्टाफको रुपमा ६ महिना काम गरिन्। ह्याम
डा सरिना राजभण्डारीले एसएलसीसम्मको पढाइ काठमाडौंको लोयोला उच्च माध्यमिक विद्यालयबाट गरेकी हुन्। सेन्ट जेभिएर कलेजबाट प्लसटु गरेकी सरिनाले एमबिबिएस भने नेपाल मेडिकल कलेज काठमाडौं युनिभर्सिटीबाट पूरा गरिन्।मास्टर इन ओटोल्यारोन्जोलोजी (नाक, कान, घाँटी) पोखराको मनिपाल मेडिकल कलेज, काठमाडौं युनिभरसिटीबाट गरेकी उनले ताइवानको फेसियल प्लास्टिक सर्जरी ताइपेइबाट एक वर्षको फेलोसिप समेत गरेकी छन्। स्टार अस्पताल र हेल्दी च्वाइस क्लिनिकको इएनटी र फेसिल प्लास्टिक सर्जरी विभागमा कार्यरत डा सरिनाले फेसियल कस्मेटिक सर्जरीमा सियोल र बैंककबाट तालिम लिने योजना बनाएकी छिन्।
Copyright © 2015 / 2021 - Saptakoshionline.com - All Rights Reserved.