नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरु आजित भएको दाबी गर्नुभएको छ । बिहीवार महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्तामा रहेका काँग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसका नेताहरु अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गर्नुभयो । उहाँले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताउनु भयो । उहाँले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताउनु भयो । अध्यक्ष ओलीले दिनदिनै देश ओरालो लागिरहेको जिकिर गर्नुभयो ।