काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।वडाध्यक्षमा कांग्रेसका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाए ।सो वडाको सदस्यहरुमा काँग्रेसकै रन्जिता तिखात्री, कल्पना खतिवडा, जनार्दन खड्का र भगत रानाभाट विजयी भएका छन् ।
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन् ।भेटवालले ४०४१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका हरिप्रसाद चोङ्बाङले ३८७९ मत प्राप्त गरे ।यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सुनिता पाहिम लिम्बू निर्वाचित भएकी छन् । उनले ३९८५ मत प्राप्त गर्दा नेकपा एमालेकी गितादेवि थापाले ३७२५ मत प्राप्त गरिन् ।नेकपा एमालेबाट पराजित भएकाहरु दुबै जना गाउँपालिका निवर्तमान अध्यक्ष र उपाध्यक्ष हुन् । गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।
रामधुनी नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार राम नारायण चौधरीको प्यानलै विजयी भएको छ ।रामनारायणले १ हजार ६१९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश कुमार शाहले १ हजार १९ मत पाएका छन् ।यसैगरी नेकपा माओवादीका वडा अध्यक्ष उम्मेद्वारले १३७ मत पाएका छन् भने नेकपा एसका वडा अध्यक्ष उम्मेदवारले ४ र राप्रपाका उम्मेदवारले ११ मत पाएका छन् ।यता महिला सदस्यमा विजयी नेकपा एमालेकी उम्मेदवारले १ हजार ७३९ मत पाउँदा नेपाली कांग्रेसकी उम्मेदवारले ७५४ मत , दलित महिला सदस्यमा एमालेकी उम्मेदवारले १ हजार ७ सय ३३ मत पाउँदा नोपली कांग्रेसका उम्मेदवारले ७२३ र नेकपा माओवादी
रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार महेश चौधरीको प्यानलनै विजयी भएको छ ।नेपाली कांग्रेसका महेश चौधरीले १ हजार २ सय ४ मत ल्याएर विजय हासिल गरेका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार चौधरीले १ हजार ३३ मत पाएका छन् ।यसैगरी महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३ सय १५ मत ल्याउँदा नेकपा एमालेले १ हजार ११३, दलित महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३७४ मत ल्याउँदा एमालेले १ हजार १४५ र खुल्ला सदस्यमा नेपाली कांग्रेसले १ हजार २३५ , १ हजार ३२५ मत ल्याउँदा एमालेले १ हजार २०९ र १ हजार १९३ मत पाएको छ ।
चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ । ५५ मत गणना सकिँदा सुवेदीले २३ मत पाएका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १९ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।
काठमाडौँ । काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् ।साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् ।त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।
इटहरी । शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचन अन्तरगत बिभिन्न जिल्लाहरूमा मत परिणाम सार्वजनिक भइरहेकाे अवस्थामा सुनसरीकाे इटहरी उपमहानगरमा भने शनीबार दिउसाे १२ : ५० देखि मत गणना सुरू गरिएकाे छ । उपमहानगरकाे सांस्कृतिक सभाहलबाट वडा नं १ र २० काे मत पेटिका खाेलिएकाे छ । शनीबार बिहान ९ बजेदेखि बसेकाे सर्वदलिय बैठक सकिए लगत्तै मत गण(ना सुरू गरिएकाे निर्वाचन अधिकृतकाे कार्यालय इटहरीले जनाएकाे छ । अबकाे केहि समय पछि मतगणनाकाे परिणाम सार्वजनिक गरिने पनि साे कार्यालयले जनाएकाे छ ।
इटहरी । शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचन अन्तरगत सुनसरीको इटहरी उपमहानगरमा ७३,८२३मत खसेको छ । इटहरीको २० वटै वडामा रहेका २५ मतदानस्थलबाट शुक्रबार सो परिणामको मत खसेको हो । १ लाख ४ हजार ६२६ कुल मतदाता रहेको उपमहानगरमा ७३,८२३मतदाताहरूले मत खसालेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।बिहानै देखि भेला भएका मतदाताहरूले चर्को घाममा पनि सम्बन्धित मतदानस्थलहरूबाट आफुले चुनेको उम्मेद्वारलाइ जिताउन मतदान गरेका थिए । इटहरीको २५ मतदान स्थलमा बिहान साडे ७ बजेबाट मतदान सुरू भइ साडे ६ बजे सम्पनन भएको थियो ।इटहरीको २० वटै वडामा शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृतको कार्या
रामधुनी : रामधुनीमा नेपाली काङ्ग्रेस तर्फबाट मेयरका उम्मेदवार सुदीप अधिकारीले मत लगाएका छन् ।रामधुनी ३ को जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट अधिकारीले मत लगाएका हुन् ।नेपाली कांग्रेस रामधुनीका नगरसभापति समेत रहेका अधिकारीले मत लगाएपछि रामधुनी नगरवासी विकास प्रेमी युवाको खोजीमा रहेकाले आफ्नो जित सुनिश्चित भएको बताए छन्।“नगरमा युवा नेतृत्व आवश्यक परेकोले गर्दा नेपाली काङ्ग्रेसको सबै उम्मेद्बार युवा भएकोले रामधुनीमा विकासको लागि आफुहरु लाइ विजय गराउने मा आफू ढुक्क रहेको उहाले बताए ।”
पााँचथर । स्थानीय निर्वाचनको मौन अवधिमा पाँचथरको जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख तथा नेकपा एमालेका जिल्ला सचिब विष्णुप्रसाद सापकोटा बुधबार मध्यरातमा गाउँ छिरेपछि झडप भएको छ ।मतदाता प्रभावित पार्नेगरि पैसा बाढ्दै हिडेको र कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोपमा पाँचथरको हिलिहाङमा झडप भएको हो ।एमालेका सचिब सापकोटासहितका कार्यकर्ताहक्रु २३ वटा मोटरसाइकलमा हिलिहाङ गाउँपालिका ६ मा राति पुगेका थिए । पैसा बाड्दैगर्दा गठबन्धका कार्यकर्ताले भेटेपछि दोहोरो झडप भएको थियो ।ए राती चुनाबी प्रचारमा एमाले जिल्ला सचिव तथा निबर्तमान जिल्ला समन्वय समिति पाँचथरका प्रमूख बिष्णुप्रसाद सापकोटासहितको
Copyright © 2015 / 2022 - Saptakoshionline.com - All Rights Reserved.