इटहरी/ २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । उनले तात्कालिन स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए ।काठमाण्डौं बसेर कानुन अनि राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नो शिक्षालाई व्यवहारिकतामा रुपान्तरण गरे । आज उनी कानुनका ज्ञाताका रुपमा चिनिन्छन् । साथै अर्थशास्त्र, समाजशास्त्रमा पनि उनको विशेष ज्ञान छ । त्यही ज्ञान र सीपलाई उनले इटहरी, प्रदेश १ र संघीय सरकारको लागि उपयोग गरे ।‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचारी साथीहरु
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अवसरमा आज ललिलपुरकाे पाटन दरबार स्क्वायरमा फाेटाे प्रदर्शनी गरिएकाे छ। फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालकाे आयाेजनामा बिहीबार बिहान छिमेकी मुलुक चीनले विगत दश वर्षयता गरेकाे पूर्वाधार विकास र प्रगतिकाे फाेटाे प्रदर्शनी गरिएकाे हाे। बिहान ८ बजेदेखि सुरु भएकाे साे प्रदर्शनीकाे पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, चिनियाँ प्रतिनिधिलगायतले अवलाेकन गरे। ‘चीनको असाधारण दशक’ शीर्षकमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अवसरमा गरिएकाे साे फोटो मेलामा राष्ट्रपति सी जिन पिनको नेतृत्वमा चीनले विगत दश वर्षको अवधिमा विभिन्न क्षेत्रमा
सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेको छ । यो खबर मिडियाहरुमा आएसँगै सबैको चासो पनि बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ । यसै विषयमा सेनाले सक्रिय बनाउन लागेको गुप्तचरी संयन्त्रको उपादेयता र कामको बारेमा नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलसँग कुराकानी गरेको छ । कुराकानीमा प्रवक्ता पौडेलले सेनाले आफ्नो कार्य सम्पादनको लागि सूचना सङ्कलन गर्ने भएकोले अन्य संयन्त्रको काममा अन्तरविरोध नहुने स्पष्ट पारेको छ ।केही दिन यता मिडियामा सैनिक गुप्तचरीको विष
काठमाडौंः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी भित्र विभिन्न कारणले श्रृजना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले “सेकतापका” गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताउनुभएको छ । पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशन विपरित वरिष्ठ नेता माधव नेपाल र नेता झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता आयोजना गरेको सन्र्दभमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त दाहालले एमालेभित्रका अन्तरविरोधलाई प्रयोग गरेको दाबी उहाँले गर्नुभयो ।मुलुकको पछिल्लो राजनीति सबैभन्दा ठूलो संसदीय दल नेकपा भित्रको अन्तरकल
सुनील गायकको जन्म पाखरा २५ हेम्जा मिलनचोक गन्धर्वटोलमा भएको हो । बुबा गोविन्द गायक र आमा इन्दिरा गायकको दोस्रो सन्तानको रुपमा २०५० चैत्त ३ गते जन्मिएका सुनीलको बाल्यकालदेखिनै संगीततर्फ रुचि थियो । बुबाले सारङ्गगी बजाउदै गीत गाउन प्राटिक्स गरेको देख्दा उहाँलाई समेत सारङ्गी बजाउन र गीत गाउन जोश आउथ्यो ।स्कूल लेभलको अध्ययन गौरी शंकर माविमा गर्नुभएका उहाँले स्कूलबाटनै आफ्नो प्रतिभा सुनाउन थाल्नुभयो । शुक्रबार हुने अतिरिक्त क्रियाकलापको कार्यक्रम आफै चलाउने, गाउने अवसर उहाँलाई मिल्थ्यो । यसका अलावा स्कूलमा आयोजना हुने कार्यक्रममा स्वागत गीत समेत आफै लेखेर गाउ कस्सिनुहुन्थ्यो । यसरी प्रतिभा सुनाउदा
स्वास्थ्य बीमा कार्यक्रमको अहिलेको अवस्था के हो ? यतिवेला यो कार्यक्रम कसरी अघि बढी रहेको छ ?स्वास्थ्य बीमा कार्यक्रमको अहिलेको अवस्था बुझ्नु अघि अलिकति विगतको पृष्ठभूमि जान्न जरुरी छ ।नेपालमा स्वास्थ्य बीमा कार्यक्रम २५ चैत २०७२ देखि शुरु भएको हो । अहिलेसम्म देशका ५६ जिल्ला, ५४५ स्थानीय तहमा यो कार्यक्रम विस्तार भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म २८ लाख १५ हजार नेपाली आवद्ध भएका छन् । स्वास्थ्य बीमाको कुरा गर्दा यो कार्यक्रमको शुरु गर्ने परिस्थित कसरी सिर्जना भयो भन्ने पनि जान्न जरुरी छ ।जव नेपालको मूल कानून अर्थात नयाँ संविधान जारी भयो त्यसमा केही मौलिक हकहरु राखिएका थिए । त्यसमा
Copyright © 2015 / 2023 - Saptakoshionline.com - All Rights Reserved.