नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघसँग आबद्ध तालिम प्रदायक संस्था तथा संस्थाका प्रतिनिधिहरूलाई श्रम संसार वेब पोर्टल सञ्चालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।  रोजगारी खोज्ने र रोजगारी दिने दुवैलाई सहज बनाउने उद्देश्यले सुनसरीको इटहरीमा श्रम संसार वेब पोर्टल सञ्चालन सम्बन्धी तालिम प्रदान गरिएको हो । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश अन्तर्गत रोजगार सूचना केन्द्र को आयोजनामा तालीम सम्पन्न भएको हो । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अच्युत नेपालले अव  श्रम संसारमा सबै नेपाली तालिम तथा रोजगार महासंघमा आबद्ध भएका संस्थालाई अनिवार्य रजिस्ट्रेसन गरेर श्रम संसार वेभ पोर्टल को अपनत्व गर्नुपर्ने बताएका छन् । 

निजी क्षेत्रका रोजगारदातालाई लक्क्षीत गरी तालिम प्रदान गरिएको स्टेप अप प्रोजेक्टका परियोजना अधिकृत इन्जिनियर गणेश दाहालले बताए । दाहालले स्टेप  प्रोजेक्ट   को वारेका जानकारी गराउँदै श्रम संसार वेब पोर्टलको महत्त्व तथा विशेषता माथि प्रकाश पार्दै पोर्टलको सञ्चालन तथा रजिस्ट्रेसन बारेमा जानकारी गराएका थिए । उनले श्रम संसार वेब पोर्टल मार्फत श्रम सम्बन्धित सूचनाहरूलाई प्राथमिकतामा राखेर रोजगारीका अवसर खोज्नेहरू साथै रोजगारदाताहरूलाई समेत सहज बनाउने उद्देश्य राखिएको हुँदा श्रम संसार वेब पोर्टल सञ्चालनले रोजगारदाता तथा रोजगार खोज्ने दुवैलाई फाइदा पुग्ने बताएका छन् । उनले श्रम संसारमा तालीम प्रदायक संस्थाले आफु सग भएको सूचना अद्यावधिक गरी रोजगारी खोज्ने र रोजगारी दिन तथा तालीम लिन अभिप्रेरित गर्न तालीम प्रदायक संस्थाले भूमिका खेल्नुपर्ने बताए । WhatsApp Image 2024-03-29 at 16.17.00 (1)

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण शाहले श्रम संसार को प्रचारप्रसार गर्न कोशी प्रदेशमा आवदं भएका संस्था लाई अनिवार्य दर्ता गरी संस्थाले सञ्चालन गर्ने सशुल्क तथा निःशुल्क तालीमको सूचना हाल्न सबै संस्थालाई आग्रह गर्ने बताए ।  इटहरी क्षेत्रमा रहेका उद्योगी तथा व्यवसायीहरूलाई श्रम संसार वेभ पोर्टल सञ्चालन सम्बन्धी तालिम प्रदान गरिएको हो । कोशी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाको अग्रसरतामा स्टेप परियोजनाबाट तयार गरिएको श्रम संसार वेभ पोर्टलले रोजगारी खोज्ने र रोजगारी दिने दुवैलाई सहज हुने विश्वास लिइएको छ ।

WhatsApp Image 2024-03-29 at 16.17.00 (2)

 निजी क्षेत्रका विभिन्न व्यवसायमा कामदारहरूको आवश्यकता पर्दा कसरी कामदार खोज्ने भन्ने समस्या समेत हुँदै आएकोमा वेब पोर्टल सञ्चालन भएपछि  सहज हुने विश्वास तालीममा सहभागीहरुले लिएका छन  । रोजगारदाता र रोजगारी खोज्दै आएकाहरूलाई सहज बनाउने गरी श्रम संसार सूचना प्रणालीको विकास गरिएको हो । स्विस कनट्याक्ट र आसमान नेपालसँगको सहकार्यमा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले श्रम संसार वेभ पोर्टलको सञ्चालनमा ल्याएपछि सरोकारवाला सँग अन्तरक्रिया र तालीमलाई तीव्रता दिँदै आएको छ । कार्यक्रममा प्रदेश रोजगार सूचना केन्द्रका संयोजक ललित यादव स्वीस कनट्याक्ट का सागर चापागाई ,  प्रदेश रोजगार सूचना केन्द्रका संयोजक ललित यादव आसमान नेपालका कार्यक्रम अधिकृत किरण चौधरी , लगायतले बेब पोर्टलका सञ्चालनका विषयमा बोलेका थिए वाग्मती प्रदेश अध्यक्ष बद्री दाहाल तथा २० वटा तालिम प्रदायक संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।