नेपालमाचिनी देखी हरेक सामान मंहगो भए पछि भारतिय बजार जोगवनीमा समान किन्न गएका ग्राहकहरुलाई सिमा नाकामा सशस्त्र प्रहरी र भन्सारका कर्मचरीले दुखदिने गरेको गुनासो गरेका छन् । 

सुनसरीको अमाहि बेल्हा स्थित इष्र्टन सुगर मिलमा रहेको यो चिनी नबिकेरै महंगो भएको छ । गतवर्षमा माघ फागुनमा नै बिकेको भए यो चिनीको मुल्य प्रतिकिलो ७० रुपैया मात्र पर्ने थियो । अहिले इष्र्टन सुगर मिलले यो चिनी १ सय ३ रुपैया प्रतिकिलोमा बेचिरहेको छ ।  चिनीको सौदा भईसकेको भन्दै इष्र्टन सुगर मिलले आफु संग मौज्दात रहेको करिब ९ सय ४६ मेट्रिक टन चिनी बेच्न आनाकानी गरिरहेको छ । जति ढिलो भयो त्यति महंगो हुने भएकाले पनि चिनी नबेचेको हुन सक्ने उपभोक्ताहरुले बताएका छन । सरकारले बजार हस्तक्षेप नगरेका कारण अहिले आमउपभोक्ताले महंगो चिनी किन्नु परिरहेको छ । चिनी उद्योगको संरक्षण गर्ने नाममा सरकारले चिनी आयात नखुलाउदा चिनी महंगो भएको चिनी आयात कर्ता श्रवण अग्रवालले बताए। 

  सरकारले बेलैमा ध्यान नर्पुयाउदा सिमावर्ती नेपाली बजारमा नै चिनीको मुल्य करिब ५० रुपैया महंगो छ । पहाडी जिल्ला र राजधानी काठमाण्डौमा झन महंगो हुने नै भयो । भारत सरकारले चिनी निर्यात प्रतिबन्ध लगाए पछि नेपालका चिनी मिलहरुले चिनीको मुल्य बढाएका हुन । यसले गर्दा भारतबाट चोरी आयात हुने चिनीको मुल्य पनि बढेको छ ।  नेपालमा चिनीको मुल्य आकासिएको छ भने भान्छामा प्रयोग हुने अधिकाशं चिजको मुल्य सस्तो भएका कारण नेपालीहरु नेपाल भारत सिमाना जोगवनी भारतिय बजारमा जाने गरेका छन् । उनिहरुलाई घरयासी सामान ल्याउदा समेत दुखदिने गरेको बताए । 

नेपालका चिनी उद्योगहरुले करिब १ लाख ३० हजार मेट्रिक टन मात्र चिनी उत्पादन गर्न सक्छन । नेपालमा आवश्यक पर्ने करिब ३ लाख मेट्रिक टन चिनी मध्ये १ लाख ७० हजार मेट्रिक टन चिनी आयात गर्नुको विकल्प छ्रैन । तर सरकारले समयमा चिनी आयातको कोटा नखोलेका कारण चाडबाडको समयमा चिनीको मुल्य आकाशिएको हो ।