समाजमा बढ्दै गईरहेको इन्टरनेट,सुचना र प्रविधिको प्रयोगले विध्यार्थीमा सकारात्मक र नकारात्मक दुवै प्रकारको प्रभाव पारिरहेको छ। आज इटहरीमा मिथ्या सुचना,भाईरल हुने रहरमा बन्ने कपोकल्पित सुचना र प्रपोगन्डाले  समाजमा के कस्ता विकृति फैल्याईरहेको छ भन्ने बिषयलाई समेटेर International Republican Institute (IRI) को सहयोग तथा कलालय इटहरीको सहकार्यमा "campaign against information manipulation” in Koshi Province अन्तर्गत चेतनामुलक नाटक "हाउगुजी" इटहरीको कस्तुरी एकेडेमीमा मंचन गरियो।नाटकमा मिथ्या सुचना कसले,किन फैल्याउछन् अनि यसको समाजमा कस्तो असर परिरहेको छ र हामी कसरी सचेत रहन सक्छौ भनेर देखाउन खोजिएको नाटकका लेखक तथा निर्देशक प्रजल दुलालले बताउनु भयो।

विध्यार्थीहरूमा अन्य ज्ञान र जानकारीसंगै सुचना र प्रविधिको समेत सानै उमेरदेखी जानकारी गराउन सके भोली गएर मिथ्या सुचना फैलिन सक्ने संभावना कम हुने र सही सुचना पाउने नागरिकको हकको समेत संरक्षण हुने हुँदा नाटक मार्फत  सचेत गराउन खोजिएको campaign का संयोजक युवराज काफ्लेले जानकारी दिनु भयो।सो नाटक भोली कोशी सेन्ट जेम्स स्कुल र बिश्व आदर्श कलेजमा समेत मंचन गरिने र विराट टेलिभिजन इटहरी मार्फत प्रसारण गरिने काफ्ले बताउनु भयो।