आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामधुनीले बिभिन्न बडामा घरदैलो अभियान सुरु गरेको छ । नेपाली कांग्रेसको तर्फबाट रामधुनी नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारीको नेतृत्वमा घरदैलो अभियान हिजो देखी सुरु गरेको हो ।घरदैलो अभियानलाई निरन्तरता दिदै मेयर पदका उम्मेदवार अधिकारी सहित उम्मेदवारहरू आसन्न स्थानीय तहको निर्वाचनका सम्म घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट रामधुनी नगरपालिकाका नगर प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारी, उपप्रमुख पदका लागि उम्मेदवार
इटहरी , १४ फ्रेबुअरी अर्थात् प्रेम दिवस । विश्वभरका मायालु जोडीले यो दिनलाई माया साटेर मनाउने गर्दछन् । नेपालमा पनि प्रेम दिवसको रौनकले छोएको लामै समय भइसकेको छ ।पुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले भ्यालेन्टाइन डेको अवसर पारेर स्पेशल फोटोसुट गराएका छन् । प्रेम दिवसको अवसर पारेर तामाङले र मैथिली चलचित्र का नाइका तथा मोडेल मेनुका माझी सँग फोटो खिचाएका हुन् । थ्री स्टार क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भएका तामाङ फुटबल छोडेपछि मोडलको रुपमा तस्वीरहरुमा देँखिदै आएका छन् । त्यस्तै ‘धान गहु होता हे’ गीतबाट म्युजिक भिडियो मोडलिङ्गमा डेब्यु गरेकी मोडल मेनुक
पथरी। मोरङको पथरीशनिश्चरे वडा नं १० मा रहेको डाँस मोरङगी सामुदायीक वनको कार्यसमितिमा नया नेतृत्व निर्वाचित भएको छ ।सामुदायिक बनको कार्यभार सम्हान मदन पोख्रेलको अध्यक्षतामा ५ सदस्यि नया कार्यसमिति निर्वाचित भएको हो । पाख्रेल संगै सो समितिको उपाध्यक्षमा गिता खड्का, सचिवमा कविता दाहाल, सह सचिवमा डम्बर बस्नेत र कोषाध्यक्ष्मा धनवहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।अध्यक्ष, सचिव र सह सचिव पदका लागि पहिले नै निर्विरोध निर्वाचित भएपछि कोषाध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो । उपाध्यक्ष पदमा राजु दाहालले १८६ मत ल्याएका थिए भने उनका प्रतीद्धन्दी गिता खड्काले १९८ मत ल्याएर विजयी बनिन् । त्
मोरङ । मोरङको उर्लाबारीमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता ६४ जना संक्रमितको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार वैशाखदेखि हालसम्म ४३ पुरुष र २१ महिलाको मृत्यु भएको हो ।दोस्रो लहरको संक्रमणका कारण वैशाखमा ८ जना, जेठमा २२ जना, असारमा १० जना, साउनमा २० जना र भदौमा ४ जनाको मृत्यु भएको स्वास्थ्य शाखा सहसंयोजक सुरेश खड्काले जानकारी दिए । उनका अनुसार वडा नं. ३ र ७ का ११/११ जना, वडा नं. २ का ९ जना, वडा नं. ५, ६ र ८ का ८/७ जना, वडा नं. ४ का ७ जना तथा वडा नं. १ र ९ का २/२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाले हर प्रयास गरेपनि संक्रमण र मृत्
इटहरी । विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९को महामारीका रुपमा नेपालमा समेत फैलिरहेको र उच्च जोखिममा रहेको जिल्लामा परेको सुनसरीमा स्थानीय प्रशासनले मानव स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा जारी गरेर कडाई गर्न थालेको छ ।नेपाल सरकारले कोभिड १९को उच्च जोखिममा रहेको सुचिमा राखेको सुनसरी जिल्लामा स्थानीय प्रशासनले मानव स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै शुक्रवार मध्यराती १२ वजे देखि निषेधाज्ञा जारी गरेर कडाई गर्न थालेको हो । जिल्लामा दिनप्रतिदिन कोभिड १९को संक्रमितहरुको संख्या वढी रहेको तर्फ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले मानव सुरक्षाका लागि अत्यावश्यक काम भन्दा वाह
Copyright © 2015 / 2023 - Saptakoshionline.com - All Rights Reserved.