इटहरी । नेपाल युवा उद्यमी मंच सुनसरीले कर्पाेरेट फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोतिगाका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा यही फागुन २५ गतेबाट प्रतियोगिता सुरु हुने जनाइएको हो ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । ३ दिन सम्म सञ्चालन गरिने प्रतियोगितामा गु्रप कम नकाउटका आधारमा खेल खेलाइने जानकारी गराइयो । चार वटा गु्रप वनाएर प्रतियोगिता सञ्चालन गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । सार्वजनिक गरिएको ग्रुपहरुमा गु्रप ए मा कुमारी वैक , एनवाईएफ सुनसरी ए , एनवाईएफ झापा रहेको गु्रप बी मा टिबीडी , लक्ष्मी सनराईज बैक र एभरेक्ष्ट बैक रहेका छन ।

ग्रुप सि मा एनवाईएफ सुनसरी बी , एनवाईएफ विराटनगर , एनएमबी बैक रहेको त्यसै गरी गु्रप डी मा प्रभु बैक ,एनआइसी एशिया वैक र नविल बैक रहने  पत्रकार सम्मेलनमा नेपाल युवा उद्यमी मञ्ज सुनसरीका अध्यक्ष चन्द् देवकोटाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा  विजेता र उपविजेतालाई क्रमश  नगद एक लाख र पचास हजार प्रदान गरिने जनाइयो ।  प्रतियोगिताका उत्कृष्ट  गोलरक्षक, स्ट्राइकर तथा प्रतियोगिताभरको सर्वोत्कृष्ट  खेलाडीलाई दश हजार नगदले पुरस्कृत गरिने समेत पत्रकारहरुलाई जानकारी गराइयो ।

विजेता टिमालाई ट्रफी, मेडल समेत प्रदान गरिनेछ ।   प्रतियोगिता सञ्चालनपछि  बचत रकमले इटहरी उपमहानगरपालिका भित्रका पिछडीएको बिद्यालयहरुमा खेलकुद सामग्रीहरु वितरण गरिने समेत जानकारी गराइयो  । पत्रकार सम्मेलनमा आयोजक संस्थाका पुर्ब अध्यक्ष कुमुद निरौला लगायतले पत्रकारहरु लाई जानकारी दिएका थिए ।