इटहरी नमुना कलेजले विश्व सामाजिक कार्य दिवसको पुर्व सन्ध्यामा सचेतना ¥याली सहित रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजको सामाजिक कार्य विभागले विराट मेडीकल कलेज सँगको समन्वयनमा उक्त कार्यक्रम आयोजना गरेको हो ।n amu

¥यालीमा सहभागीहरु इटहरी चोक परिक्रमा गर्दै इटहरी उपमहानगरपालीका अगाडी आएर रक्तदान कार्यक्रममा सहभागी भएका थिए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इटहरी नमुना कलेजका क्याम्पस प्रमुख धर्म न्यौपानेले  जानकारी दिए ।  आयोजित कार्यक्रममा प्रमुख अतिथी इटहरी उपमहानगरपालीकाको उपप्रमुख संगीता चौधरीले स्थानिय सरकार र सवैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताइन । इटहरी नमुना कलेजले आयोजना गरेको रक्तदान कार्यक्रम जस्तै अरुले पनी यस्तै कार्यक्रम गर्नुपर्ने बताइन ।nam

विभिन्न क्षेत्रबाट सहभागी व्यक्तीत्वहरु शिक्षक र विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको  सहभागिताबाट ९१ पिन्ट रगत संकललन गरिएको समाज कार्य विभागका प्रमुख नितेश गौतमलेले जानकारी दिए । साथै उनले मार्च महिना सामाजिक कार्यकर्ताहरुका लागि विशेष रहेको र विगतदेखि नै कलेजले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिंदै आएको बताए । कार्यक्रमले विद्यार्थीबीच आपसी सहकार्य र उनीहरुको नेतृत्व विकासमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन । समाज सँग जोड्दै सचेतना तथा रक्तदान कार्यक्रम आयोजना गरेको गौतमको भनाइ छ ।कलेजले स्थापना कालदेखि नै विभिन्न क्षेत्रमा सामाजिक कामहरु गर्दै आएको छ । विश्व सामजीक दिवसको अवसरमा कलेजले रक्तदान , स्वास्य शिविर ,डिसकोर्स अन सोसीएल इस्यु लगायतका विभिन्न  कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ ।

namunaa