बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारीले हराएको ८ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरूलाई बुझाएको छ । बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुनराज बुढाथोकीले ८ जनालाई मोबाइल बुझाएका हुन ।

मोबाइल प्राप्त गर्नेमा उदयपुरको चौदन्डी नगरपालिका ५ का महेश चौधरी, मोरङको बेलबारी नगरपालिका १ का गोविन्द श्रेष्ठ, वाड नं. २ का योगेन्द्र वि.क, वाड नं. ४ का सुस्मा सुन्दास, रन्जना राई, वाड नं. ८ का तुलसी श्रेष्ठ, सुन्दरहरैचा ८ का आशिस दास र वाड नं. १० का सुरज चौधरी रहेका छन् ।

हराएको मोबाइल पाए पछि उदयपुरका महेश खुसी हुँदै इलाका प्रहरी कार्यालय बेलबारीलाई धन्यवाद व्यक्त गर्छन् । महेशलाई जस्तै मोबाइल प्राप्त गर्ने सबै व्यक्तिहरूको मुहारमा खुसी देखिन्थ्यो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख बुढाथोकीका अनुसार मोबाइल डेस्क बनाएर प्रहरी परिचालन गरे पछि हराएको मोवाईन खोजी गर्न सहज भएको छ । मोबाइल डेस्क विशेष मोबाइल सम्बन्धित उजुरीलाई हेर्ने गरी निर्माण गरेको, प्रमुख बुढाथोकीले जनाए ।

तपाईको प्रतिक्रिया