इटहरी । राष्ट्रिय तेक्वान्दो सघं नेपाल जिल्ला कार्य समितिकोे साधरण सभाले खगेन्द्र कट्टवालको  अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।

इटहरी रंगसालामा भएको साधरण सभा बाट सर्व सम्वत कार्य समिती चयन भएको हो । 

त्यसइ गरी उपाध्यक्षमा ननारायण ल्यात्रुन,सचिवमा दिनेश गिरी, कोषाध्यक्षमा विष्णु श्रेष्ठ र सदस्यहरुमा आकाश पोखे्रल, यम कुमार राइ,अमन श्रेष्ठ, अभिनाष थापा र सन्जु मगर गरी ९ सदस्य  नयाँ कार्य समिति चयन भएको छ । 

 सघंको वार्षिक प्रतिबेदन समेत प्रस्तुत गरेको थियो ।WhatsApp Image 2024-04-26 at 14.15.10

उक्त प्रतिबेदनमा खेलाडि र खेलक्षेत्र तर्फ आर्कषित गर्न खेलाडिहरुको उच्च मनोबल बढाउदै गएको र खेलमा थप खेलाडिहरु उत्पादन गर्दै आएको समेत जानाइएको छ । 

खेमराज कार्कीको अध्यक्षयता तथा जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दिपक राइको प्रमुख आतित्थमा भएको कार्यक्रममा  इटहरी उप महानगरपालिका वडा नम्बर ३ कावडा अध्यक्ष उमेश सुवेदी, मुख्य प्रशिक्षक हरि बुढाथोकी, केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर विश्वकर्मा, खास समाज कोशि प्रदेशका उपाध्यक्ष नरेन्द्र कट्टवाल लगाएतका अतिथी र खेलाडिहरुको सहभागिता रहेको थियो ।