इनरुवा । सनातन कुटुम्ब इनरुवा सुनसरीको पहल र इनरुवा नगरपालिकाको सहयोगमा पहिलो पटक ऐतिहासिक सुनसरी पुजन आरती तथा दिपोत्सव कार्यक्रमलाई सम्पन्न भएको छ । सुनसरी पहिलो पटक ऐतिहासिक आरती पुजन कार्यक्रम धुमधामका साथ इनरुवाको सुनसरी खोलामा आरती पुजन कार्यक्रम सम्पन्न भएको हो ।
सुनसरी खोलामा पहिलो पटक ऐतिहासिक आरती पुजन तथा दिपोत्सव कार्यक्रमलाई निरन्तरता दिनुपर्ने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जोड दिएका छन् । कार्यक्रममा नगर प्रमुख मेहताले नमामि सुरसरि कार्यक्रमलाई प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन सुनसरी नदीमा आरती पुजन तथा दिपोत्सवमा सहभागि भई धुमधामका साथ मनाउन आग्रह गर्दै यसलाई जर्गेना गर्नुपर्ने जोड दिएका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व राज्यमन्त्री तथा संघीय संसाद सिताराम मेहताले सुनसरी नदीलाई स्वच्छ राख्न सबैको भूमिका रहेको बताएका छन् । उनका अनुसार सुनसरी नदीलाई सफा सुघर हरित नगर बनाउन सबै एक जुट हुन आवश्यक रहेको छ ।
१ नम्बर प्रदेशका प्रतिपक्षी नेता तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजिव कोइरालाले सुनसरी नदीको पहिचानलाई कायम गर्न यस आरती पुजा कार्यक्रमले सार्थक दिएको बताउनुभयो । धार्मिक कार्यक्रम गरी सुनसरी नदीको गरिमा उच्च भएकोले धार्मिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सभापति कोइरालाले जोड दिनुभयो ।
कार्यक्रममा आरती पुजा गर्न इनरुवा लगायत आसपासका क्षेत्रबाट हजारौंको संख्यामा महिला तथा सर्वसाधारणहरुको उपस्थिती गरेको थियो भने सो कार्यक्रममा अशोक चितलंगियाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया