सुन्दरहरैचा, समुदायमा आधारित ईन्द्रपुर जेसिजले कार्तिक ३० गते देखी मंसिर ०७ गते सम्म जेसिज सप्ताह २०१९ आयोजना गर्ने भएको छ ।

जेसिजले आफ्नो जेसिज सप्ताह नमुना चापागाईको संयोजक्त्वमा कार्तिक ३० गते बिहान ०८:३० देखी सुन्दरहरैचा १० मा रहेको श्री चण्डेश्वरी प्राथमिक विधालयमा बृहत स्वास्थ्य सिविर आयोजना गरी समुद्घाटन गरिने ईन्द्रपुर जेसिजका अध्यक्ष भुवन ढकालले बताए ।

त्यस्तै दोस्रो दिन मंसिर ०२ गते बिहान ०८:०० बजे ईन्द्रपुर जेसिज मंगल प्रतिस्ठानमा पार्वति गच्छदारको संयोजकमा बृक्षरोपण कार्यक्रम, मंसिर ०४ गते बिहान ०८:०० बजे सुन्दरहरैचा १२ स्थित हरैचा मोडमा स्लो बाइक रेस, मंसिर ०६ गते दिउसो ०४:०० बजे उधोग वाणिज्य संघ कोशीहरैचाको सभाहलमा कृष्ण प्रशाद ओझाको सयोजकमा नेत्रित्व बिकास तालिम तथा जेसिज परिचय तालिम र मंसिर ०७ गते बिहान १० बजे गणेश प्रशाद भट्टराईको सयोजक्त्वमा स्थानिय तहमा न्यायको पहुच बिषयक कार्यशाला तथा समापन कार्यक्रम हुने अध्यक्ष ढकालले बताए ।

 

तपाईको प्रतिक्रिया