इटहरी । वर्षाैदेखि पार्टीमा याेग्दान दिइएका ब्याक्तिहरूलाइ पाखा लगाएर कामै नगर्नेहरूलाइ उच्च प्राथमिकताका साथ राखेकाे भन्दै नेकपाका कार्यकर्ताहरूले इटहरी स्थित एक नं प्रदेश पार्टी कार्यालयमा मंगलबार तालाबन्दी गरेका छन । कार्यकर्ता चयनकाे सुरूवाती समयदेखि नै बिवाद उत्पन्न भएकाे नेकपा भित्र समस्या सामधानमा उच्च तहले कुनै चासाे नराखेकाेले साे कार्यालयमा तालाबन्दी गरिएकाे नेकपा इटहरीले जनाएकाे छ ।

पार्टीकाे कार्यबिधि र सदस्या छनाैटबारे असन्तुस्ट जनाउदै अान्दाेलनरत कार्यकताहरूले यथाशिघ्र अाफुहरूकाे माग सम्बाेधन गर्नुपर्ने अन्यथा कडा संघर्षमा उत्रने चेतावनी दिदै अाएका छन ।

नेकपा कार्यालय इटहीमा तालाबन्दी गरेकाे १९ दिन बितिसक्दा पनि प्रदेश कार्यालय र केन्द्रीय कार्यालय दुवैले कार्यकर्ताहरूकाे माग सम्बाेधन नगरेकाे र पार्टीकाे उचच तहमा बस्ने नेताहरूलाइ ध्यानाकर्षण गराउन अाउदाे अशाेज ४ गते बृहत कार्यकर्ता भेला गरीने नेकपा इटहरीका असन्तुस्ट कार्यकर्ताहरूले बताएका छन ।

असन्तुस्ट कार्यकर्ताहरूले सदस्यता छनाैटमा पुनबिचार गरिनुपर्ने , कार्यकर्ताहरूकाे माग यथाशिघ्र सम्बाेधन हुनुपर्ने लगायतका माग राखेका छन । यता कार्यकर्ताहरूकाे अान्दाेलनलाइ एेक्यवद्धता जनाउदै प्रदेश सदस्य रेवती रमण भण्डारी, सर्वध्वज सावा, जिल्ला सदस्य याम सुब्बा, प्रदेश सांसद लिलम बस्नेत र युवा नेता चन्द्र न्यौपाने पनि अान्दालनमा सरिक बनेका छन ।

तपाईको प्रतिक्रिया