झापा । सानो बचतको भरपर्दो आधार घरपसलमा बारम्बार सेबामुखी हाम्रो कारोवार भन्ने मुल मन्त्रका साथ सामुदायिक सहकारी बचत तथा ऋण कोष लि । दमक ६ झापाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक सहकारी बचत तथा ऋण कोषका अध्यक्ष बिजय प्रसाद बरालको अध्यक्षता तथा बचत तथा ऋण केन्द्रीय संघ नेफ्स्कुनका सञ्चालक एवंम केन्द्रीय सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्तामा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष बरालले सञ्चालक समितिको तर्फबाट संस्थाको गतिबिधि सहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उक्त साधारण सभामा संस्थाका सल्लाहाकार, सञ्चालक, कार्य समिति, लेखा समिति, कर्जा उपसमिति, सदस्य शिक्षा उपसमिति पदाधिकारी, पत्रकारलगायतको उपस्थिति रहेको संस्थाका सञ्चालक समितिका सचिव भगवान बस्नेतले जानकारी दिनुभयो । २०७५ सालको २२ औं बार्षिक साधारणसभाबाट प्राप्त निर्देशित कार्यक्रमहरू साथै सहकारीको सात शिद्दान्तको मुल्य मान्यता एवंम आत्मसाथ गर्दै सहकारी एेन नियम र संस्थाको विनियमको परिधि भित्र रहेर संस्थाको दिगो विकासको कार्ययोजना यस सामुदायिक सहकारीले अगाडि बढाए झै सवै सहकारीले अगि बढेमा नेपाल गरीबी को रेखामुनि बस्नु नपर्ने र आर्थिक विकास गर्न शहज हुने भएकाले सहकारीको माध्यमबाट पुजि संकलन गरी धान, मकै, सुपारीलगायतको उत्पादन तर्फ लाग्न सहकारी कर्मीहरूलाई प्रमुख अतिथि केन्द्रीय सदस्य अधिकारीले आगरह गर्नु भयो । उक्त संस्थाको अ.व. २०७५र७६ सालको कुल कारोबार २५ करोड ३१ लाख ५८ हजार चारसय ८० रूपैयाँ मध्ये एक करोड २४ लाख ६९ हजार ५ सय शेयर पुजी रहेको छ भने ५ करोड ९० लाख ४१ हजार रूपैयाँ कर्जा लगानि गरेकोमा तीन करोड ५० लाख ५८ हजार ९ सय चार रूपैयाँ ९४ पैसा कर्जा असुली गरेको प्रतिवेदन बाचनका क्रममा अध्यक्ष बरालले जानकारी दिनुभयो । जसमा ६ करोड २१ लाख २६ हजार सात सय ५३ रूपैयाँ ६३ पैसा कर्जा उठाउन बाँकी रहेको प्रतिबेदनले जनाएको छ । गत बर्ष झै आ.।व.२०७६र७७ मा नेपाल सरकारको नीति अनुरूप कृषि क्षेत्रलाई प्राथमिकता दिदै लगानि गर्ने नीति लिएको यस संस्थाले दुध, उद्योग, जडिबुटी, माछापालन, पशुपंक्षी र नगदेबालीमा संस्थाका शेयर सदस्यहरूलाई सहभागी गराउदै उचित तालीमको ब्यावस्था गरी अधिकतम पाँच लाख सम्म सुलभ ब्याजदरमा कर्जा लगानी गर्ने प्रतिवेदन मार्फत प्रस्ताव पेश गरेको प्रतिवेदन वाचनका क्रममा अध्यक्ष बरालले जानकारी गराउनु भयो । २०७५र७६ सालमा उत्कृष्ट बचत कारोबार गर्ने शेयरसदस्यहरू रसिलादेवि बराल, कमल प्रसाद कुईकेललगायत १८ जना र सम्पुर्ण बालबचतलाई पुरस्कार सहित सम्मान गरेको छ, भने उत्कृष्ट कर्जाको कारोवार गर्ने रामचन्द्र बराल, काशी खातीलगायत ७ जना शेयर सदस्यलाई सम्मान गरेको छ भने आर्थिक, सामाजिक, ईमान्दार र संस्था प्रति बफादारी पुर्वक काम गर्ने कर्मचारी रेखा बस्नेतलाई नगद सहित सम्मान गरेको छ । यसैगरी सरकारी र निजि विध्यालयबाट ंद्द परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर धनिका छोराछोरीहरू असिम भण्डारी, गोपाल दंगाल, डेविट भट्टराई, बन्दीका श्रेष्ठसहित चारजनालाई नगद पुरस्कार सहित सम्मान गरेको छ । यस संस्थाले लक्ष्य भन्दा बढि प्रतिफल हासिल गरेको प्रतिवेदनले जनाउछ ।

तपाईको प्रतिक्रिया