इटहरी । सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरेर  संस्कृती विद  तथा साहित्य प्राज्ञ तिल बिक्रम नेम्वाङ बैरागी काइला र शिक्षासेवी प्रेम प्रसाद न्योपाने लाई  नगद सहित सम्मान गरेको  छ ।      

ऋषिका ब्याङ्केटमा भएको सरस्वती प्रसाद दुर्गादेवी रिजाल प्रतिष्ठानको आयोजनामा राष्ट्रिय भाषा तथा शिक्षा पुरस्कार २०८१ समर्पण समारोहमा सस्कृत तथा साहित्यको क्षेत्रमा गरेको योगदान मुल्यांक गर्दै  वरिष्ठ कवि बैरागी काइलालाई ५१ हजार र इटहरीमा रहेर लामो समय देखि  शिक्षाको   क्षेत्रमा  गरेको योगदानको कदर गर्दै प्रेम प्रसाद न्यौपानेलाई नगद  २५ हजार प्रतिष्ठान सहित  कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका  प्रदेश प्रमुख प्रर्शुराम खपुङले र प्रतिष्ठानका परिवारले दोसल्ला ओढाई प्रमाणपत्रले सम्माग गर्दै प्रदेश प्रमुखले यो रिजाल परिवारले प्रतिष्ठान मार्फत श्रष्ठा तथा शिक्षा क्षेत्रका ब्यक्ति लाई सम्मान गर्ने कार्य उदारहणिय रहेको र राम्रो काम गर्ने समाजले सम्झनु पर्छ यस्ता कार्य लाइ निरन्तरता दिन आग्रह गर्दै सम्मानित लाई बधाइ ब्यक्त गरे  । WhatsApp Image 2024-04-27 at 17.51.36

प्रतिष्ठानले विगतका वर्षमा पनी सामाजिक,कला,साहित्य,शिक्षाका क्षेत्रमा महत्वपुर्ण योगदान गरेका ब्याक्तिहरु लाइ सम्मान तथा अभिनन्दन गर्दै आएको प्रतिष्ठानका महासचिव भैरब प्रसाद रिजालले बताए । WhatsApp Image 2024-04-27 at 17.51.36 (1)

प्रतिष्ठानका अध्यक्ष विश्व  रिजालको अध्यक्षतामा भएको अभिनन्दन तथा सम्मान कार्यक्रममा  पुर्व भुमि सुधार मन्त्री रामकुमार सुब्बा , प्रदेश सभा सदस्य  रोहित कार्की नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराई र पुरस्कार छनोट समितीका निर्णायक सम्योजक बद्री विशाल पोख्रेल, राजु केसी ,बिवश पोख्रेल  लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।WhatsApp Image 2024-04-27 at 17.51.36 (2)