इटहरी । सुनसरीको इटहरीमा रहेको एस डि फुटसलको आयोजनामा दोश्रो सरस्वति दुर्गा स्मृति खुल्ला फुटसल प्रतियोगिता सुरु भएको छ । पछिल्लो समय फुटसल प्रति आकर्षण बढि रहेको बेला एस.डि फुटसलले पुर्वाञ्चलभरिका बिभिन्न २८ वटा टिमको सहभागीतामा प्रतियोगिताको सुरु गरेको हो ।
धरान, बिराटनगर, दमक, इटहरी, सिक्किम, काठमाण्डौ, लगायतको स्थानबाट टिमको सहभागीता रहेको छ । २६ गते बाट सञ्चालन भएको प्रतियोगिताको २८ गते फाईनल खेल हुने छ भने प्रतियोगितामा बिजेता हुनेलाई सत्तरी हजार नगद सहित ट्रफी, मेडल, प्रमाण पत्र लगायत बितरण गरिने छ । त्यसैगरि उपबिजेतालाई ३५ हजार नगद सहित ट्रफि लगायत बितरण गरिने कार्यक्रम संयोजक मुरारि अधिकारीले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन पुर्व भुमिसुधार तथा व्यवस्थापन मन्त्रि राम कुमार सुब्बाले गरेका थिए भने । कार्यक्रममा एस.डि फुटसलको सञ्चालक बिष्णु रिजाल लगायत अन्य सामाजिक व्यत्तित्वको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया