इटहरी, डिजिटल साउण्ड सिस्टम र प्रविधिबारे बढि भन्दा बढी जानकारी गराउने उद्येश्यका साथ सुनसरीको इटहरीमा नेपालकै पहिलो पटक साउन्ड एक्सपो मेला लाग्ने भएको छ ।

शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजक साउण्ड सिस्टम ब्यवसायी संघले नेपालमै पहिलो पटक साउन्ड एक्सपो गर्ने जनाएको हो । नेपालभरी छरिएका साउण्ड सिस्टम व्यवसायीहरूलाइ एक बनाइ डिजिटल प्रविधिबारे जानकारी गराउने र नयाँ नयाँ मोडलका साउण्ड सिस्टमहरूलाइ उपभोक्ता माझ प्रदर्शनमा राखिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

एक्सपो इटहरीस्थित दुर्गा पार्टि प्यालेस भवनमा आगामी भदौ २९ , ३० र ३१ गते आयोजना गरिने नेपाल साउन्ड सिस्टम ब्यवसायी संघका अध्यक्ष बिनोद कठेतले बताए । सो एक्सपोसंगै तिन दिन साउन्ड सिस्टम बारे दक्ष अनुभवि प्रशिक्षकहरू ल्याएर बिभिन्न उपयोगि तालिमहरू पनि प्रदान गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।

साउन्ड एक्सपोमा नेपाल भरीका डिजिटल प्रविधि संग जोडिएका साउन्ड सिस्टमसंगै सबै प्रकारका उपकरणका डिलरहरूको पनि ब्यापक उपस्थिती रहने आयोजक तथा दुर्गा पार्टि प्यालेसका सञ्चालक राजकुमार कार्किले बताए ।

तपाईको प्रतिक्रिया