इटहरी । योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता मंगलबारबाट सुनसरीको इटहरीमा सुरु भएको छ ।
राष्ट्रिय व्याडमिन्टन संघ नेपालको आयोजना तथा सुनसरी व्याडमिटन्टन एकेडेमी इटहरीको सहआयोजनामा प्रतयोगिता सञ्चालन भएको हो । इटहरी रंगशालामा रहेको नेपालकै सबै भन्दा ठुलो र सुविधा सम्पन्न व्याडमिन्टन कबर्डहलमा सञ्चालन भएको प्रतियोगितामा २ सय जनाले बेग्लाबेग्लै समुह अन्र्तगत प्रतिस्पर्धा गर्ने सुनसरी व्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेस कार्कीले जानकारी दिए ।
व्याडमिन्टन खेलको बिकासको लागी प्रदेश सरकारले चासो देखाउनु पर्ने कार्कीले बताए । कबर्डहल निमार्णमा पनि आफैले धेरै लगानी गरेको, सरकारको तर्फबाट सहयोग नभएको भन्दै पहिले आफै खर्च गछौं पछि भरपाई लिएर आउदा पास गरिदिनु पर्ने भन्दै यो खर्च गोजीमा नभएर खेलको बिकासको लागी गरिने भन्दै कार्कीले प्रदेश एकका मुख्यमन्त्रि, सामाजिक बिकास मन्त्रि लगायतको ध्यानाकषर्ण गराएका छन् । प्रतियोगितामा पुरुष सिंगल ,डबल महिला सिंगल डबल ,यु १७ युवा सिंगल , यु १७ महिला सिंगल र भेट्रान टिम विभाजन गरि प्रतिस्पर्धा गराइने कार्यक्रम संयोजक देवराज मादेनले बताए । खेल उद्घाटनकै दिन प्रदेस नम्बर १का मुख्य मन्त्री शेरधन राईबाट इटहरी रंगशालामा निर्माण सम्पन्न भएको व्याडमिन्टन कबर्डहलको उद्घाटन समेत भएको छ । कार्यक्रममा प्रदेश सभासद लिलम बस्नेत, सर्वध्वज सावाँ, सामाजिक बिकास मन्त्रि जिवन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया