वीरगञ्ज ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेको अवस्थामा एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेली रहेका छन । आज दिउँसो १० बजेको करिब अख्तियारको टोलीले पाँच हजार घुस लिँदै गरेका अवस्थामा जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेका हुन ।

सोमबार वीरगञ्जको माईस्थान गहवामाई मन्दिर अगाडी रहेको भरतको दही चिउरा पसलमा बसेर सेवाग्राहीसँग नगद पाँच हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया