इटहरी । सुनसरीको इटहरीस्थित बसपार्क क्षेत्रबाट आइतबार बिहान एक ब्याक्तिलाइ अवैध लागु औषध सहित इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका शत्रुधन साह रहेका छन ।

उनको साथबाट प्रहरीले नाइट्रोजिपाम , ट्रामाडोल र प्रोक्सिवन सहित ५८ सय फायल बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पक्राउ साहको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी समिर चन्द्र खरेलले बताए ।

तपाईको प्रतिक्रिया