इटहरी । रोटरी क्लव अफ इटहरी र मालटिसर इन्टरनेश्नलको संयुक्त आयोजनामा बराहक्षेत्र नगरपालीकाको प्रकाशपुरमा सर्पका प्रजाती, यसबाट बच्ने उपाय , टोकी सकेपछि के गर्ने जस्ता बिषयमा करिब सय जनालाई सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
रोटरी क्लवले समुदायमा गएर समुदायले भोग्ने समस्याको बारे सचेतना जगाउने उद्धेश्यले सामुदायीक सर्पदंश उपचार केन्द्र र पुर्वी पृतना फिल्ड अस्पतालको सहयोगमा कार्यक्रमको आयोजना गरिएको रोटरी क्लव अफ इटहरीकी अध्यक्ष अनिता अधिकारीले बताईन् ।
प्रायजसो गर्मी मौसममा सर्पको चहल पहल बढि हुने, साथै नजिकमा उपचार गर्ने ठाउ नहुदा धेरैको ज्यान जाने गरेको कारण ग्रामीण भेगमा पनि सचेतना फैल्याउन आवश्यक रहेको महशुस गर्दै कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया