धनकुटा । आई एम इ लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड धनकुटा शाखाले आफ्नो दोस्रो बार्षिक उत्सव केक काटेर मनाएको छ ।छोटो समयमै आर्थिक व्यावसायिक कारोबार गर्न सफल आई एम इ लाइफ इन्स्योरेन्स कम्पनीका टिम म्यानेजर, एजेन्सी म्यानेजर, साथै अभिकर्ताहरूको उपस्थितिमा दोस्रो बार्षिक उत्सव धनकुटामा मनाएको हो । जिल्लामा यस कम्पनीले व्यावसायिक क्षेत्रमा अग्रणि भुमिका साथ अगाडि बढेको छ । जिल्लामा छिटो छरितो सुबिधाका साथ कम्पनीको काम गर्नकालागि धनकुटा जिल्लाको चौविसे गाँउपालिकामा पनि उपशाखा विस्तार गर्ने योजना अनुरूप कार्य सम्पादन गर्ने आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रमुख विकास श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया