सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ४ मा रहेको बुढीगंगा बचत तथा ऋण सहकारी सस्थाले तिज विशेष सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । अहकारीमा रहेका शेयर सदस्यको ५०% भन्दा बढी महिला शेयर सदस्य रहेको उक्त सहकारीले सुन्दरहरैचा ०४ स्थित बासबारीमा उक्त कार्यक्रम गरेको थियो ।

सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धनमाया तमाङअको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सभाध्यक्ष कार्यक्रम संयोजक तारा दाहालको रहेको थियो ।

सस्थाले आफ्न महिला तथा पुरुष शेयर सदस्यहरुलाई एकै ठाउँ भेला गरी शनिबार तिज विशेष कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी उपमेयर तमाङले महिला दिदी बहिनिहरुको पर्व तिज भड्किलो भन्दा पनि समाजमा पक्ष हुने किसिमले मनाउनुपर्ने बताइन । उनले पौराणिक कालमा शिव र पार्वतीको विवाह भदौ शुक्ल त्रितिया मा भएकोले यसैको दिनमा महिलाले वर्त बसी यो पर्व मनाइने गरेको बताइन । उनले विवाहित महिलाले आफ्नो पतिको दिर्घायुको कामना सहित र अविवाहित महिलाले राम्रो वर पाउने कामना गर्दै महिलाले यस पर्व मनाउने गरेको बताइन ।

कार्यक्रममा संयोजक तारा दाहालले विशेष गरी यो पर्व महिला दिदिबहिनीहरुको भएको कारण महिला दिदी बहिनिहरुले यो पर्व मनाउदा भड्किलो नभई सभ्य समाजमा मनोरञ्जन गर्दै सास्कृतिक पक्षको पनि जगेर्णा गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताइन ।

तपाईको प्रतिक्रिया