इटहरी । भारतको कलकतामा  भदौ ४ गते  बाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने नेपाली टिमका खेलाडिहरुलाई इटहरीमा एक कार्यक्रमको आयोजना गरि शुभकामना सहित विदाइ गरियो ।

अखिल नेपाल फुटवल संघ र सुनसरी जिल्ला फुटवल संघले संयुक्त रुपमा खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको हो । चौथो सस्करणको साफ अण्डर १५ च्याम्पियन प्रतियोगितामा सहभगागित जनाउन जाने खेलाडिहरुलाई सुनसरीको इटहरीमा एन्फा अध्यक्ष कर्माछिरिगं शेपा लगायतले विदाइ गरेका हुन ।    भारतको कलकतामा हुने प्रतियोगितालाई मध्यनजर गर्दै सो ठाउँको मौसमी वातारण मिल्ने ठाउँका रुपमा इटहरीमा केही दिन अघि देखि अभ्यास गरिरहेका खेलाडिहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरि विदाइ गरियो । प्रदिप लम्सालको कप्तानीमा रहेको नेपाली टिमले पहिलो खेल चिरप्रतिद्धन्दी भारतसंग उद्घाटन खेल खेल्दै छ । प्रतियोगिताका लागि जाने खेलाडिहरुलाई शुभकामना तथा विदाई कार्यक्रममा एन्फाका आमन्त्रीत बरिष्ठ उपाध्यक्ष किशोर राई , प्रवक्ता किरण राई ,इटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिवश पोखरेल लगायतले खेलाडिहरुलाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रम सुनसरी जिल्ःला फुटवल संघका अध्यक्ष केशव कार्कीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया