इटहरी । युवाहरुको चाहानालाई ध्यानमा राख्दै प्रदेश एक स्तरिय फेसन सोको आयोजना गर्न लागेको ड्रिम मोडलिङ्ग एजेन्सीले भएको छ । भदौ २१ गते सम्पन्न हुने पुर्वाञ्चल मेसिभ फेसन सो को पहिलो अडिसनमा प्रदेश को सुनसरी मोरङ ,झपा ,उदउपुर ,भोजपुर लगायतका जिल्लाहरुबाट ४० जनाले सहभागिता जनाएका थिए भने २५ जना छनौट भएका छन् ।

प्रतियोगितामा १६ बर्ष देखि २५ बर्ष उमेर समूहका युवा युवतीहरुले मात्र भाग लिन पाउने छन भने दोस्रो अडिसन भदौ ७ गते हुनेछ । अडिसन बाट छनौट भएका प्रतियोगिहरुलाई बिभिन्न १० बिधामा तालिम गराईने ड्रिम मोडलिग्ङ एजेन्सिका फाउण्डर सौरभमान भण्डारीले बताए । फेसन सो को माध्यमबाट क्षमता बिकास गर्नु ,आत्म निर्भर र समाजमा सकारात्मक सन्देस दिनु रहेको जनाएका छन । आज भएको अडिसनमा सोनी भुजेल , पुष्प कार्की,रिया थापा र साहिल चौधरी निर्णयकको भुमिकामा रहेका थिए ।

तपाईको प्रतिक्रिया