काठमाडौँ , टेलिभिजन प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी गरेका छन् ।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार चितवन लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ। तर रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै नाराबाजी गरिरहेका हुन् ।

तपाईको प्रतिक्रिया