इटहरी । नेपाल ट्रेड युनियन काँग्रेस इटहरी उपमहानगर समिति गोकुल थापाको सभापतित्वमा गठन भएको छ ।

स्थानिय तह देखि नै ट्रेड युनियन काँग्रेसले आफना कार्य समितिहरु विस्तार गर्ने अभियान सञ्चालन गरे बमोजि थापाको नेतृत्वमा उपमहानगर समिति गठन गरेको हो ।

ट्रेड युनियन काँग्रेसको इटहरी उपमहानगरपालिका समितिका उपाध्यक्षमा लोकमाया भुजेत,बिष्णु कार्की, तुलसा श्रेष्ठ, सचिवमा बिनोदप्रसाद घिमीरे , सहसचिवमा लिलानाथ घिमीरे र कोषाध्यक्षमा लक्ष्मण ठाकुर चयन भएका छन । सर्वसम्वत चयन भएको नयाँ कार्य समितिको सदस्यहरुमा धानेश्वर चौधरी ,निर्मला पौडेल ,जिवन पुरी ,विकास श्रेष्ठ,अनिता कुमारी चौधरी ,कोमल कुमारी चौधरी र गुणराज शर्मा रहेका छन । ट्रेड युनियन काँग्रेस सुनसरी सभापति माधव चौधरीको अध्यक्षता तथा राष्ट्यि उपमहासचिव ज्योति कोइरालाको प्रमुख आतिथ्यताका रहेको मजदुरहरुको भेलाले नयाँ कार्य समिति चयन गरेका हुन ।

तपाईको प्रतिक्रिया