काठमाडौं केन्द्रित गाई जात्रा यस वर्ष प्रदेश नम्बर एकको राजधानि विराटनगरबाट सुरु हुने भएको छ ।

ब्रान्ड वर्थ प्रालीले यस वर्ष प्रदेश नम्बर एक हुदै सातै प्रदेशमा गाई जात्रा कार्यक्रम  आयोजना गर्न लागेको हो  । साउन ३१ गते बाट सुरु हुने गाई जात्रा कार्यक्रमको नाम ‘सिग्नेचर प्रदेश प्रदेशमा गाई जात्रा’ दिइएको छ । । विराटनगर बाट सुरु भइ उक्त गाई जात्रा कार्यक्रम धनगढी , सिमरा, हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, पोखरा हुदै काठमाडौंमा आएर समापन हुने ब्राण्ड वर्थ प्रालिका कार्यकारी निर्देशक मोहन गजुरेलले  जानकारी दिए । गाईजात्रा सिङ्गो देशको पर्व भएकोले जनतामा राजनीतिक तथा सामाजिक चेतना फैलाउनुको साथै बिकृती र बिसङगतीको हास्यब्यङ्ग्य मार्फत पर्दाफास गर्ने द्देश्यले कार्यक्रम गर्न लागिएको कलाकार मनोज गजुरेल बताउछन  ।कार्यक्रममा मनोज गजुरेलसँगै शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), रवि डंगोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), सुवोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारी लगायतको प्रस्तुती रहने आयोजकले  बताएको छ  ।

तपाईको प्रतिक्रिया