इटहरी, इटहरी उपमहानगरले सञ्चालन गरेको सेफ हाउस (सुरक्षित आवास गृह)मा आश्रय लिइरहेकी एकजना अविवाहित युवतीले छोरी जन्माएकी छिन । सेफहाउसमा हप्तादिन अघिदेखि आश्रय लिइरहेकी युवतीले इटहरी अस्पतालमा छोरी जन्माएकी हुन ।

एक ब्यक्तिले विवाह गर्छु भनेर गर्भवति वनाइ वेपत्ता भएपछि त्यहि युवकलाई खोज्दै ती युवती संखुवासभादेखि तराई झरेको वताइएको छ । ती युवतीका आफन्तलाई खवर गरिसकिएको सेफहाउस इटहरीले जनाएको छ । एक बर्ष देखि सञ्चालित सेफ हाउसवाट अहिले सम्म ७६ जना महिलाले सेवा लिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिएकी छिन । अलपत्र परेका,हराएका,जोखिममा परेका,हिंसामा परेका महिलालाई सेफहाउसमा राखेर अल्पकालिन सेवा प्रदान गरिन्छ ।पूर्वका प्राःय सवै जिल्लाका महिलाले इटहरीको सेफहाउस वाट सेवा लिएका छन ।

रसुवा,सिन्धुपाल्चोक,ललितपुर र सिन्धुलीका महिलाले पनि सेवा लिएको सेफहाउस सञ्चालक समितिले जनाएको छ । जनप्रतिनिधि,प्रहरी र संघ सस्थाहरुको सिफारिसमा समस्यामा परेका महिलालाई सेफहाउसमा राख्ने गरिएको छ । सेफहाउसमा १५ दिन सम्म राख्ने ब्यवस्था छ । सो अवधिमा खानपिन,औषधीउपचार,काउन्सिलिङ प्रदान गरिन्छ ।

त्यसपछि आफन्त पत्ता लगाएर वुझाउने गरिएको छ । घर जादाँको वाटोखर्च पनि उपमहानगरले दिने गरेको छ । कोहि आफन्त नभए वा आउन नसके घरसम्मै पुरयाउने ब्यवस्था गरिएको छ । आफन्त पत्ता नलागेका चार जनालाई मंगला,शाहाना पूर्नस्थापना केन्द्र काठमाडौ पठाइएको छ ।

तपाईको प्रतिक्रिया