इटहरी,  लोक सेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेस नम्बर १ बन्दको आह्वान गरी बन्द गराउदै हिडेका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई लगायत १५ जना पक्राउ परेका छन ।
संघियाता र समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरित लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै सोको विरोधमा प्रदेस नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउदै हिडेकाहरुलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा आदिवासी जनताति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई , तामागं घेदुगं संघका चन्द्र तामागं लगायतका आफना नेता कार्यकर्ताहरु पक्राउ परेको भुजेल सेवा समिति इटहरीका अध्यक्ष नेत्रबहादुर भुजेलले जानकारी दिए ।
इटहरी चौक क्षेत्रमा भेला भएर बन्द गराउदै डिहेका १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले स्वीकार गरिसकेका छन । लोक सेवाको विज्ञापन गर्दा आरक्षण हटाइएको भन्दै आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ प्रदेस नम्बर १ले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको इटहरी चौकमा पुत्ला दहन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया