रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनाको उद्धार गरिएको छ ।

जिल्लाको उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बुसहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको हो ।उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ परेकाहरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया