कालिकोट र वाजुराको सिमाजामा शुक्रवार दिउसो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० घाईते भएका छन् । कालिकोट र वाजुराको सिमाना भुकाखोलामा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक रमेश बोगटी र मुगु जिल्ला निवासी राम बहादुर शाहीको निधन भएको छ । १० जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १० जनालाई नेपाली सेनाको हेलिकप्टरमा नेपालगञ्ज लगिएको छ ।

तपाईको प्रतिक्रिया