नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोटको जिम्मा लिएको छ । पार्टीका

सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् । पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनामा पार्टीका कार्यकता रामबहादुर सिंहको मृत्यु हुनुका साथै अन्य चार जना घाइते छन् । सिंह आफैले बोकेको बम विष्फोट हुँदा भएको योघ टनाको मुख्य जिम्मेबारी भने फासीबादी ओली सरकारले लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पार्टीका कैलाली जिल्ला इन्जार्चले यो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताइरहेका थिए ।

तपाईको प्रतिक्रिया